रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरमा बुधबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सेतो दारी भएका सर्ट तथा पाइन्ट र पहेँलो रङको, घाँटीमा गम्छा लगाएका अन्दाजी करीब ५० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मृत अवस्थामा फेला परेका पुरुषको साथमा बरामद भएको आधार कार्डले मृतक पुरुष भारतीय नागरिक रहेको पुष्टि भएको छ । भारत सरकारको भारतीय विशिष्ठ पहचान प्राधिकरणको कार्डमा मृतकको नाम भोलानाथ सिंह बुवा हृदय नारायण सिंह, रघुनाथपुर पोष्ट मिरपुर चिरैया पूर्वीचम्पारन उल्लेख रहेको पाइएको छ ।
मृत्यु के कारणले भएको भन्ने विषयमा खुल्न नसकेको र शव परीक्षणको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ ।
रौतहट
प्रतिक्रिया