क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिकसहित ५२ जना पक्राउ

काठमाडौं । क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा ६ चिनियाँ नागरिकसहित ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चीनको गाङदोङ प्रान्तका झाङ लुन, चेन जीहाओ, लिन डे, सु झेङ, लिउ झेउन र झु लिङहु रहेका छन् ।

गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको पाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

ललितपुर महानगरपालिका ४ वालिफल स्थित दमकल चोकमा रहेको एक घर भाडामा लिई सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी प्रालि दर्ता गरी गैर कानुनी रूपमा कल सेन्टर र मेटो डेटिङ एप सञ्चालन गरी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले काठमाडौं १३ चागलमा एक घर भाडामा लिई शाखा कार्यालय सञ्चालन गरी विभिन्न नेपाली युवतीहरूलाई प्रलोभनमा पारि क्रिप्टो कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूबाट स्रोत नखुलेको १३ लाख ९९ सय हजार ९५० रुपियाँ समेत बरामद गरेको छ । उनीहरूलाई अभौतिक मुद्रा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको जनाएको छ ।

पक्राउ परेका ५२ जना व्यक्तिहरू पक्राउ परेकोमा कारोबारमा संलग्न मुख्य ६ जना निम्न चिनियाँ नागरिकहरू उपर अभौतिक मुद्रा सम्बन्धी मुद्दा दर्ता गरी बाँकी ४६ जनामाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया