संगीतकार शंकर थापाको ‘छुट्ने बेला’ विमोचन

काठमाडौं । गीतकार लिलाराज काम्बाङको गीति चलचित्र ‘छुट्ने बेला’ सार्वजनिक गरिएको छ । शनिबार राजधानीको क्युज सिनेमा हलमा २८ मिनेट लामो उक्त गीति चलचित्र प्रिमियर गरियो । सो गीति चलचित्रको अग्रज गायक तथा संगीतकार दिप श्रेष्ठ, गायिका अन्जु पन्त, गायक शिव परियारलगायतले संयुक्त रुपमा विमोचन गरे । सार्वजनिक ‘छुट्ने बेला’ मा साइराज खाती र मुना ठटालको स्वर रहेको छ । खाती र ठटाल गायन रियालिटी सो मेरो भ्वाइस युनिभर्सका फाइनलिस्ट हुन् ।

युके बस्दै आएका गीतकार काम्बाङको शब्द रहेको गीतमा शंकर थापा स्माइलले संगीत भरेका छन् । कुशल सिंहको एरेन्ज रहेको गीतको भिडियोमा सम्राट अधिकारी, प्रतिक्षा लिम्बू, मिन बहादुर गुरुङ, कृष्ण बोहरा, शंकर थापा इस्माइल लगायतको अभिनय रहेको छ । बिशाल थापाको छायांकन रहेको भिडियो दिन्शन शाहले सम्पादन गरेका हुन् । भिडियोमा कथा तथा निर्देशक गणेश शाहीको रहेको छ ।

कार्यक्रममा गीतकार काम्बाङले भिडियो सन्देश पठाउँदै सबैलाई धन्यवाद दिए । उनले परदेशमा रहेर आफूले लेखेका गीतलाई अडियो र भिडियोका माध्यमबाट दर्शक तथा स्रोतामाझ ल्याउन सहयोग गर्ने टिमप्रति कृतज्ञता व्यक्त गरे । कार्यक्रममा गायक श्रेष्ठले मेरो भ्वाइस युनिभर्समा पहिले नै सबैको मन जितिसकेका खाती र ठटालको स्वरबद्ध गीतलाई गीति चलचित्रको रुपमा हेर्न पाउँदा निकै खुसी लागेको र गीतलाई सबैले मन पराउने भन्दै शुभकामना दिए ।

सो कार्यक्रममा एनआरएन एनसिसी इजरायलकी उपाध्यक्ष आदम्बरी दाना श्रेष्ठ, संगीतगुरु श्री श्रेष्ठ, गायिका निशा देसार, बबिना किराती, गायक वीरेन्द्र श्रेष्ठ, रविन लिम्बू, कमल श्रेष्ठ, देवेन्द्र बराल, खेम सुब्बाको उपस्थिति रहेको थियो । गीतकार शंकर थापा स्माइलले गीतको अडियो र भिडियोमा आफूहरुले निकै मिहिनत गरेको भन्दै सबैलाई हेरिदिन र सुनिदिन आग्रह गरे ।

प्रतिक्रिया