हनुमान जन्मोत्सवको उपलक्ष्यमा वृहत शोभा यात्रा

वीरगञ्ज । श्री हनुमान जन्मोत्सवको उपलक्ष्यमा वीरगञ्जमा वृहत शोभा यात्रा निकालिएको छ । विश्व हिन्दु परिषद नेपालको आयोजनामा आज वीरगञ्जमा श्री हनुमान जन्मोत्सवको पावन उपलक्ष्यमा वृहत शोभा यात्रा निकालिएको हो ।

वीरगञ्जको बिभिन्न टोल, वडाबाट डिजे बाजा बजाउदै जय श्रीराम जय हनुमानको जय जयकरा लगाउदै वीरगञ्ज स्थित घण्टाघर चोकमा जम्मा भई वीरगञ्जको नगर परिक्रमा गरि श्री हनुमान जन्मोत्सव वृहत शोभा यात्रा मनाएको छ ।

प्रतिक्रिया