इप्रका पोखरीयाकाे टाेलीले बरामद गर्याे १७ किलो लागूऔषध चरेस

पर्सा । इलाका प्रहरी कार्यालय पोखरीयाले ठुलो परिमाणमा अवैध लागुऔषध चरेस बरामद गरेको छ । पर्सा जिल्लाको कालिकामाई गाउँपालिका –१ तिन्दुवियाका बृजेश प्रसाद कुर्मीको घरमा लागूऔषध चरेस लुकाइछिपाई राखेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाबाट गउकाे टाेलीले बरामद गरेकाे हाे ।

इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मोहनबिक्रम केसीको कमान्डमा खटिएको प्रहरी टोलीले बिहान २:३० बजे बृजेशप्रसाद कुर्मीकै रोहबरमा निजकाे घर खानतलासी गर्दा घरको बरन्डामा सिमेन्टको बोरा भित्र राखिएको ३१ वटा चारपाटे आकारको पोकामा जम्मा १७ किलो लागू औंषध चरेस फेला पारेकाे प्रहरीले जनाएकाे छ । लागूऔषधसहित बृजेशप्रसाद कुर्मीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पोखरियामा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया