सुरज र लक्ष्मणको ‘रातो किताब’ सार्वजनिक

काठमाडौं । सुरज पण्डित र लक्ष्मण देवकोटाकाे प्रस्तुतीमा नयाँ गीत ‘रातो किताब’ सार्वजनिक भएको छ । पण्डितकै स्वर, शब्द र संगीतमा उक्त गीत सार्वजनिक भएको छ । गीतमा लक्ष्मण सुनारको निर्देशन रहेको छ भने देवकोटा, सुस्मीता कुँवर र वसन्त उदासलगायतको अभिनय रहेको छ । सर्टिक अर्थमा भन्ने हो भने रातो किताब एउटा सरकारी किताब हो जुन विशेषत: बजेट र अर्थनीति सँग सम्बधित रहेको पण्डितको अफिसियल युट्युब पेजमा लेखिएको छ ।

‘यसलाई अलि फराकिलो परिभाषामा भन्ने हो भने यो जनताको किताब हो । जहाँ जनताका वास्तविक आवश्यकता र चाहनालाई समान र न्यायिक हिसाबले सम्बोधन गरिनुपर्ने हुन्छ । तर बिडम्बना नेपालको परिस्थिति यसो हुन सकेन र यो भुइँ मान्छेका सपना पूरा गर्ने जनताको आफ्नो किताब नबनेर सिमित मान्छेका स्वार्थ पूरा गर्ने पकेटको किताब बन्न पुग्यो। अब यस्तो नहोस् भनेर यस परिस्थितिलाई खबरदारी गर्नका खातिर रातो किताब जस्तो सांगीतिक सिर्जनाको परिकल्पना गरिएको हो’, गीतबारे लेखिएको छ ।

प्रतिक्रिया