सरकार फेरबदलको हाेइन देश बनाउने चिन्ता छ : माधव नेपाल

हेटौंडा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुलाई हेप्ने काम गरिएको टिप्पणी गरेका छन् । हेटौंडामा शनिबार पार्टीको मकवानपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता नेपालले ओलीमा देखिएको अहंकारका कारण २०७४ सालको आम चुनावमा तत्कालिन नेकपाले पाएको झण्डै दुई तिहाइ मतको सदुपयोग हुन नसकेको बताए ।

‘कोहीकोहीको काम के छ भने हामीलाई हेप्ने । हेप्ने ! भनेर भन्छन् तर त्यसरी चिढ्याउने काम हामीलाई आउँदैन । संस्कार राम्रो भएन त्यही भएर बिग्रिएको हो । हाम्रो पार्टी संस्कारयुक्त, गर्व गर्नलायकको, सम्मान गर्ने खालको हुन्छ’, नेपालले भने ।

उनले आफू सरकार फेरबदलको चिन्तामा नरहेको भन्दै देश बनाउने पक्षमा मात्रै चासो र चिन्ता रहेको बताए । नेता नेपालले अहिले देशमा प्रतिगामी र दक्षिणपन्थी शक्ति सलबलाउन थालेको पनि टिप्पणी गरे ।

प्रतिक्रिया