कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । सर्वोच्च अदालतमा कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध रिट दर्ता भएको छ । बिहीबार निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नेकपा एमालेका हिक्मतकुमार कार्की नयाँ मुख्यमन्त्री नियुक्त भएपछि दायर गरेको रिट सर्वोच्चमा दर्ता भएको हो ।

उक्त रिट निवेदनमा निवर्तमान कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् । एमाले प्रदेश संसदीय दलका नेता समेत रहेका हिक्मतकुमार कार्की एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

याे पनि : कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

प्रतिक्रिया