भक्तपुरमा तीर्थयात्री सवार बस दुर्घटना, १४ घाइते

भक्तपुर । केदारनाथको शिर मानिने डोलेश्वर मन्दिर दर्शन गरेर फर्किएका तीर्थयात्रीहरू चढेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्

। प्रहरीका अनुसार सोमबार दिउँसो डोलेश्वर मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी बोकेको बा ३ ख ३७८४ नम्बरको बस सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा दुर्घटना भएको छ ।

बस दुर्घटनाबाट घाइते १० जनाको डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा र ४ जनाको मध्यपुर अस्पताल नयाँथिमिमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सुधारोन्मुख रहेको प्रहरीले बताएकाे छ ।

प्रतिक्रिया