फिदिममा भष्ट्राचार नियन्त्रणसम्बन्धी अक्तियारको अन्तरक्रिया

पाँचथर । फिदिम नगरपालिकामा भष्ट्राचार नियन्त्रणमा र सुशासन प्रवद्र्धनन स्थानीय तहको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

आयोगले चार खम्बे रणनीति अन्तर्गत भ्रष्टाचारजन्य कार्यको पहिचान, अनुसन्धान र अभियोजन प्रभावकारि रूपमा गर्ने, सरोकारवाला पक्षहरुका बिचमा चेतना समन्वय, संजाल र एक्यबद्धता अभिबृद्धि गर्ने विषयमा अन्तरक्रिया गरेको हो ।

त्यस्तै, आयोगले कानुनी र संगठनात्मक संरचनाको सुदृढीकरण एवं परिचालन गर्दै भष्ट्राचार नियन्त्रण सम्बद्ध पक्षहरूलाई जिम्मेवार बनाउने, आयोगको संस्थागत सुशासनको सुदृढिकरण र क्षमता अभिवृद्धि गर्ने, विषयमा आधारित सुशासन, उजुरी, दर्ता, फैसला आयोगका कामकारवाही लगायत विभिन्न बिषयमा सरोकारवाला पक्षहरुसँग अन्तरक्रिया गरेको हो ।

फिदिम नगरपालिका प्रमुख मित्र प्रसाद काफ्लेले आयोगमा रिसिबी साँधेर उजुरी गर्ने गरेको र विकास निर्माणमा गुणस्तरीय काम निर्माण गर्न नगर उपप्रमुख राधाकृष्ण न्यौपानेको संयोजकमा अनुगमन समितिले काम कार्य गरिरहेको बताए । सो सभामा उप प्रमुख राधाकृष्ण न्यौपानेले नराम्रा काम गर्ने डराउछन, योजना लाईै राम्रो निश्वार्थभावले गरें भष्ट्राचार नियन्त्रण हुने बताए ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीले सुशासनको मेरुदण्ड एक अख्तियार दुरूपयोग अनुसन्धान आयोग रहेको र सरोकारवाला एक भई भष्ट्राचार नियन्त्रणमा लाग्नु पर्नेमा जोड दिए । सो कार्यक्रममा फिदिम नगरपालिकाका ३ थान उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दर्ता भएकोसमेत बताइएको थियो ।

पत्रकार खविन लुइटेल, वडाध्यक्ष, शिक्षक लगायतले उक्त अन्तरक्रियामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम पादर्शी हुनेपर्ने बताएका थिए । कार्यक्रममा भष्ट्राचार नियन्त्रणमा सचेतना मुलक भिडियो सामग्री समेत प्रस्तुत गरिएको थियो । आयोगका इन्जिनियर परिवेस फुयालले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया