६ एसएसपीको सरुवा

काठमाडाैं । नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा भएको छ । आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एसएसपीहरुको सरुवा गरेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीको अपराध अनुसन्धान विभागमा सरुवा भएको छ भने विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् ।

कोशी प्रदेश तालिम निर्देशनालयका एसएसपी राजन अधिकारीलाई प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयको जिम्मेवारी दिइएको छ । त्यहाँ रहेका एसएसपी अभयनारायण काफ्लेको कोशी प्रदेश तालिम निर्देशनालयमा सरुवा भएको छ ।

यस्तै, उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेका एसएसपी सोमेन्द्रसिंह राठौरको राष्ट्रिय सुरक्षा परिषदमा सरुवा गरिएको । परिषदमा रहेका सानुराम भट्टराई भने उपत्यका अपराध अनुसन्धान कार्यालयमा आएका छन् ।

प्रतिक्रिया