सहकारी कर्मचारीबाट लुटियो ८० लाख रुपैयाँ

जनकपुरधाम । धनुषामा हतियारधारीले समूहले सहकारीको कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ । जनकपुरधाम उपमहानगरपालिका–१९ बाट सहकारीका एक कर्मचारीबाट ८० लाख रुपैयाँ हतियारधारी समूहले लुटेर भागेका छन् । शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतो उक्त रुकम बोकेर मोटरसाइकलमा गइरहेका बेला अर्को मोटरसाइकलमा आएका हतियारधारी समूहले महतोका साथमा रहेको ८० लाख रुपैयाँ लुटेर भागेका हुन् ।

महतोले मोटरसाइकलमा आएका २ जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका–१९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताएका छन् । महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै थिए । रकम लुटेर भागेको र सोमबार साँझसम्म कुनै उपलब्धि प्राप्त नभएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताएका छन् । उक्त रकम लुटेर भाग्नेको खोजी कार्य भइरहेको डिएसपी अवाले बताएका छन् ।

प्रतिक्रिया