तीन स्रष्टालाई त्रिमूर्ति पुरस्कार

काठमाडौं । नेपाली वाङ्मयका क्षेत्रमा योगदान दिएका तीन स्रष्टालाई २०७८ सालको त्रिमूर्ति पुरस्कार प्रदान गरिने भएको छ । त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा शनिबार बसेको बैठकले त्रिमूर्ति पुरस्कार पाउने स्रष्टाको नाम घोषणा गरेको हो । पुरस्कार छन्दकवि तथा महाकाव्यकार गोविन्दराज विनोदी, अभिनेत्री मिथिला शर्मा र कवि शैलेन्द्र साकारलाई प्रदान गरिने भएको छ ।


निकेतनले ‘लेखनाथ काव्य पुरस्कार’ छन्दकवि तथा महाकाव्यकार विनोदी, ‘बालकृष्ण सम पुरस्कार’ अभिनेत्री मिथिला शर्मा र ‘देवकोटा काव्य पुरस्कार’ आधुनिक कवि शैलेन्द्र साकारलाई प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कृत स्रष्टालाई ताम्रपत्रसँगै जनही एक लाख रूपैयाँ प्रदान गरिने छ ।

प्रतिक्रिया