कमरेड महाराजाहरू !

प्राडा बद्रीविशाल पोखरेल

नेम्बाङथरि नेताले भएभरका लिम्बूलाई घरमा भेला गरेर जातीय भड्काउ अभियान चलाएको थाहा पाएर आलोचना गर्दा ती पनि रिसाए । अर्का सुब्बाथरि नेताले नेपाली भाषालाई खस भाषा भनेकामा तर्क र तथ्यसहित दृढ असहमति जाहेर आफैँ अक्कबक्क भई मैदेखि रिसाए । कुन कमरेडले मन्त्री हुँदा के के खाए र तिनलाई पत्रकार भूषण दाहालले टेलिभिजनमा र्याखर्याख्ती पार्दा होसहवास हराएको देख्दा भारी सरम भयो । यही कुरा लाक्षणिक रूपमा फेसबुकमा लेख्दा अर्का ठूला कमरेड पनि रिसाए ।

कम्युनिस्ट पार्टीको नेता भएकाले तपाईंलाई कमरेड भन्नैप¥यो तर तपाईंको ठालूपनले महाराजको चिन्तन र चरित्र बिर्साउने खालको हुँदा कमरेड भन्न पनि सकिएन । कमरेडले जेजे गरे पनि सदा मौन रहने पशुजस्तो असल मित्र त झन् हुन सकिएन । अलि बढी चेतना र विवेक हुनु नै यो नरपशु अर्थात् मानिसका लागि दुर्भाग्य भयो । भेडा भए भ्याभ्या गर्थें, भैँसी भए आइँ गर्थें, मान्छे भएकाले ऐय्या भन्दा कमरेड महाराजको चित्त दुःखेछ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘प्रभुजी मलाई भेडो बनाउ’ भन्ने कविता यसै लेखेका रहेनछन् । देवकोटाले भनेझैँ भेडो भएको भए दुःशासन र सुशासनमा कुनै फरक देखिने थिएन र यसका कारण आफूलाई कुनै चिन्ता हुने पनि थिएन । आँखा हुनु नै खराब भयो, कान हुनु अर्को दुर्गुण भयो । सही र बेसही छानविन गर्ने चेत नै महान् दुर्गुण भयो । । प्रश्न, जिज्ञासा र प्रतिवाद गर्ने उच्च मानवीय संस्कार बनाउनु नै महान् कमजोरी भयो । प्रकृतिले नै पनि प्रतिवाद गर्न सिकायो । अन्धकारलाई मास्न सूर्य उदाए । सत्य सदा असत्यविरुद्ध लडिरह्यो । विकृतिविरुद्ध सुकृतिले आजीवन विरोध जनाइरह्यो ।

बिस्टा (दिसा) थोरै भए पनि मलाईचाहिँ गनायो कमरेड । मैले बिस्टा गनायो पनि भन्न हुनेरहेनछ । बल्ल ६८ वर्षका उमेरमा कमरेडबाट अघ्घोर शिक्षा पाइयो यसमा कमरेड महाराजप्रति आभारी छु । कमरेड, तपाईं आजीवन पार्टी अध्यक्ष हुँदा पनि मैले बोल्नु हुने रहेनछ, राजा महाराजालाई झैँ तपाईंलाई स्वस्ती सलाम गर्नुपर्ने रहेछ, यो कुरा मैले जानिनँ, यो मेरो महान् गल्ती भयो । आफूमाथि स्वामी वर्गले जघन्य अपराध गर्दा तिनका विरुद्ध दासहरूले विद्रोह गर्नु कमरेड महाराजाको नजरमा गल्ती रहेछ । तपाईंले स्पर्श गरेका सबै जाति, चोखा, सती र सावित्री । तपार्इंका नातागोता सबै योग्य सक्षम र तिनैका हातमा बारबार सबै खालका अवसरै अवसर । तर, तिनीहरू संकटका बेला चमडी जोगाउन गुप्ती गुफामा लम्पसार ! काम बहादुर बेखबर, बात बहादुरलाई हजार अवसर, पार्टीमा १२ कक्षाबाट एकैचोटि १६ कक्षामा फड्को ! तपार्इंले जे जे गर्नुहुन्छ, चुपचाप सहनुपर्ने रहेछ । तथापि सत्यको अन्वेषण गर्दा ग्यालिलियो मारिए, ब्रूनोलाई जिउँदै जलाइयो । यी सब खतवात सहेर आजका दिनसम्ममा समाज सभ्य र भव्य बनेको हो ।

कमरेड तपाईंको जत्तिको तीखो बुद्धि कहाँ छ र भएको भए उहिल्यै माथिमाथि पुगिसक्थेँ होला । सिद्धान्तका नाममा चेसको गोटी चाल्न जानिनँ, बाघ चाल पनि खेल्न सिकिनँ । धर्ती र धरातल छाडेर बुर्कुसी मार्न पनि जानिनँ । आफूलाई धर्ती छाडेर भन्दा धर्ती छोएर बढेको उचाइ आफूलाई मन पर्छ । मनस्येकम् वचस्येकम् कर्मण्येकम् महाजनः, अर्थात् महाजनको मन, बोली र व्यवहार एकनास वा समान हुनुपर्छ यस्तै नचाहिने कुरा सिकेर गल्ती गरिएछ । फेसबुकमा चेतनामूलक, आलोचनात्मक तथा विचारपरक धारणा व्यक्त गर्दा नेता बराल रिसाएको थाहा भयो । के गर्नु फेसबुकमा तरुनी प्यारीसित गाला जोडेर ङिच्चङिच्च गर्न जानिएन । कम्युनिस्ट कालमा पनि देखेको सही, सत्य र कटुयथार्थ भन्नु हुने रहेनछ । इतिहासमा सत्य बोल्ने कोही थिएनन् भन्ने नहोस् भनेर पनि आइपर्ने सब खतवात सहने आँट गरेर नेताका कमजोरी सुझावका रूपमा उल्लेख गरेको हो । सत्यका लागि सुकरातले विष पिएको कुरा कथुर्ने नेताले सत्य बोल्दा किन तर्सिनु परेको हो ? यो बुद्धिहीन बुद्धिले बुझ्दै बुझेन । तपार्इं जस्तो सर्वज्ञानी÷सर्वअज्ञानी आफू भइएन । तपाईं त विषयविज्ञलाई समेत अर्ती बुद्धि र मार्गदर्शन गर्न जान्ने महान् नेता न हुनुभयो । तपाईं आकास कुसुम आफू भुइँको झारपात ! सत्य बोलेर मैले गर्नु बिराम गरेँ । मैलै नेतालाई सुधार्न खोजेँ, उधार्न होइन । सच्याउन खोजेँ, भत्काउन होइन । नेताका कमीकमजोरी समयमै सच्चिउन् भन्नु मेरो महान् भूल भयो ।

यस्ता भूलहरू मबाट बारबार हुनेछन् । यसमा कुनै लोभ र लालचले छेक्न सक्ने छैनन् । मलाई चाकरहरूको लस्करमा अर्को चाकर थपिनु थिएन र छैन । आलोचना वा गालीमा पनि माया मिश्रित हुन्छ भन्ने कमरेड महाराजलाई थाहा रहेनछ । यहाँ त सुझाव सल्लाह दिँदा पनि जिब्रो थुत्न उद्यत प्रवृत्ति देखियो । टोपी लगाउँदा तपाईंको अनुहार खुल्छ भन्दा एउटा नेता खुब रिसाए । इटहरी निवासी नेता ओम कोइरालाको अभिनन्दन समारोहमा सम्बोधन गर्न नजानेको देखेर सुझावमूलक लेख लेख्दा उही नेताले एक अनलाइन खबर पत्रिकामा मेरा लेख छाप्न प्रतिबन्धित गरिदिए । नेम्बाङथरि नेताले भएभरका लिम्बूलाई घरमा भेला गरेर जातीय भड्काउ अभियान चलाएको थाहा पाएर आलोचना गर्दा ती पनि रिसाए । अर्का सुब्बाथरि नेताले नेपाली भाषालाई खस भाषा भनेकामा तर्क र तथ्यसहित दृढ असहमति जाहेर आफैँ अक्कबक्क भई मैदेखि रिसाए । कुन कमरेडले मन्त्री हुँदा के के खाए र तिनलाई पत्रकार भूषण दाहालले टेलिभिजनमा ¥याख¥याख्ती पार्दा होसहवास हराएको देख्दा भारी सरम भयो ।

यही कुरा लाक्षणिक रूपमा फेसबुकमा लेख्दा अर्का ठूला कमरेड पनि रिसाए । जननेता मदन भण्डारीले भनेझैँ आफ्नो गल्ती, अपराध र बेसोमतिका कारण आफैँ रिसाउनेसित के भन्न सकिन्छ छ र । तर यस लेखकले जायज रिसलाई सौन्दर्य ठान्छ । जसरी पनि पैसाका पछि लाग्ने नेताका सन्तान कहिल्यै सुमति र सुगतिका हुँदैनन् । असल सन्तानले आफैँ गरिखान्छ, कमसल सन्तान बाबुले थुपारिदिएको सम्पत्तिका कारण भुइँमा न भाँडामा हुन्छ र रोडपति हुन्छ, कटौरा थापेर मागी खानुपर्ने अवस्थामा पुग्छ । यो कुरा भोलि नै देखिनेछ । आफूले किनेको दाम्लोको मात्र माया हुन्छ । ‘लुटको धन फपूको श्राद्ध’ त्यसै भनेको होइन । जे गर्दा पनि जे बोल्दा पनि सरम नहुने कस्ता नेता हुन् ? पार्टीका नाममा नाङ्ले पसल फिँजाएर दुई÷चार अनुचरका भरमा महाराजसरह गजक्क परेका छन् । आफ्नै घर खरानी पार्ने र अजेय माक्र्सवादमाथि कात्रो ओडाएर मलाम जान उद्यत कमरेड पनि नेपालमा जन्मिएका रहेछन् । जननेता मदन भण्डारीको आजीवन बखान गरेर कहिल्यै नथाक्ने तर उनै भण्डारीको चिहान खन्न अघिअघि सर्ने नेता पनि यहीँ रहेछन् ।

कतिछन् भुरे टाकुरे कमरेड महाराजहरू ! कतिलाई स्वस्ती सलाम गर्नुपर्ने हो । लेखक, कवि, स्रष्टा र चिन्तकले नेताका भएभरका बेसोमति भद्दा, कुरुप र कटु कटाक्ष कहिलेसम्म सहनुपर्ने हो ? हुँदाहुँदा इटहरी उपमहानगर पालिककी उपप्रमुखले इटहरीका स्रष्टा समाजलाई एक अनलाइन पत्रिकामा तथानाम फतुर गाली गरिछन् । इटहरीका वरिष्ठ स्रष्टा तथा बुद्धिजीवीलाई नगरपालिकाको रकम हिनामिना गरेको कुन मुखले भनेकी हुन् । यिनका कतिवटा मुख छन् ? इटहरीका स्रष्टाहरूले बाध्य बनाएर नगरप्रमुख द्वारिकलाल चौधरीको तोकआदेशमा ०७५÷७६ सालमा राष्ट्रियस्तरका सर्जकलाई आमन्त्रण गरी उही स्तरको कार्यक्रम गरेका थिए । पालिकाका कर्मचारी महेश सुवेदी र कलाकार कृष्ण नेपालले नगरपालिकाबाट दुई वर्ष गरी ६ लाख जति पेश्की लिएर कार्यक्रम सम्पन्न गरे उतिबेलै पेश्की फस्र्योट पनि गरे तर २०७७ सालको बजेटमा कला साहित्य परिषद् गठन गर्ने र ई–लाइब्रेरी बनाउने आफ्नो उद्घोषविरुद्ध एक रत्ति उपप्रमुखले काम गरिनन् पुस्तकालयमा एउटा पनि पुस्तक थपिनन् ।

अनि प्राडा पोखरेललगायत इटहरीका स्रष्टालाई स्थानीय सरकारको रकममा ¥याल काढ्ने झुण्ड भनेर मनपरी बोलिछन् । नगरप्रमुख चौधरी आर्थिक मामिलामा इमानदार छन् । स्रष्टाका हितमा पनि उनी सकारात्मक भएकाले अलिकति भए पनि स्रष्टाले आफ्नै इज्जत जोगाउन दुई वर्ष साहित्यिक कार्यक्रम गरेका थिए । तर प्रायः नगरका बहुआयामिक विकासमा सकेसम्म भाँजो हालेर त्यसको सबै दोष प्रमुख चौधरीका थाप्लामा हाल्ने उपप्रमुखको अत्यन्त निकृष्ट स्वभावका कारण इटहरी उल्टो बदनाम हुँदै गएको छ । सुनसरीमा फलाना फलानाबाहेक एमालेमा कोही योग्य नेता छैनन् भन्ने अफवाह फैलाउन खोजेको देखिन्छ । जिल्ला पार्टीको निर्वाचनमा अध्यक्षका उम्मेद्वार खेमराज पोखरेलले बेलैदेखि राम्रै तयारी गरेका भए उक्त अफवाहलाई तोड्ने थिए तैपनि उनले उक्त अफवाहलाई राम्रै धक्का दिए । इटहरी निवासी जिल्ला स्तरका एमाले रामप्रसाद चौलागाईंले इटहरी खानेपानी संस्थामा रहेर तमाम उपभोक्तालाई र अझ अशक्त उपभोक्ताका हितमा काम गरेको देखेर रिस गर्ने नेता पनि पाइए ।

बाँचुन्जेल सत्ता, शक्ति र शासनमा बस्न अपहत्ते गर्ने र कमरेड्ली भावना नभएको तपाईं कमरेड होइन कमरेड महाराज हो । हुति, मति र गति केही नभए पनि शीर्षासनमा बस्न नपाए आफैँ उभ्भिएको भुइँ खोस्रने भातमारा र भाइमारा तपाईं कमरेड महाराज नै हो । माओले आलोचना ओखती हो भनेको कुरालाई रछ्यानमा फ्याल्ने अनि पार्टीमा जनवादी केन्द्रीयताका नाममा नोकरसाही जनवाद लागु गर्ने तपाई नै हो । पार्टीमा भाइरस छिराएपछि एन्टिभाइरस वा प्रतिरोधी क्षमता पनि चाहिन्छ मात्र भनेको हो । क्षयरोगले कसैलाई माया गर्दैन । कमरेड पहिले तपाई आफैँ बाँच्नु होस् अनि अघाउन्जेल खान पाउनुहोला भनेको मात्र हो । तुलनात्मक रूपमा हेर्दा धेरै राम्रा काम पनि भएका छन् तर भित्रभित्रैका कुरुप दृश्य खुला समाजमा धेरै दिन लुक्न सक्तैन है भनेर सतर्क गराउन खोजेको मात्र हो । तर आफ्ना नाकमा लागेको गोबर तपाईं आफैँले नदेखेपछि देखाइदिएको मात्र हो ।

सप्रने मति छैन भने मलाई केही भन्नु छैन । सच्चा साथीले मात्र सही सल्लाह दिन्छ । आरती मात्र उतारु साथी र सारथीले भष्मखरानी पारेको देखेर पनि नदेखेको हो भने केही समय पर्खिनुहोस् । आफ्नो मलामी आफैँ गएपछि थाहा पाउनु हुनेछ । आफैँ नमरी स्वर्ग देखिन्न क्यारे । तपाईंका मतमा शुक्राचार्यले उहिल्यै राजाले जनताको हित गरेनन् भने बौलाहा कुकुरलाई झैँ घिस्याएर खाल्टामा पुर्नुपर्छ भन्नु गलत रहेछ । जबजले प्राज्ञिक स्वतन्त्रताको पक्षपोषण गरेको छ । त्यसअनुसार बौद्धिक लेखकीय तथा मित्रवत् रूपमा कमजोरी उल्लेख गर्न पाइन्छ । रैदालो पो गर्न पाइन्न त कमरेड महाराज ? सेवा निवृत्त प्राध्यापक भएका नाताले देश र जनताको महँगो नुन खाइरहेको हुँदा जसकसैका राम्रा कुरा भनिन्छ र नराम्रा कुरा सहिँदैन । देश र जनताका लागि यति चाहिँ आजीवन गर्न छाडिन्न ।

प्रतिक्रिया