कपिलको बायोपिक बन्ने

मुम्बई । चर्चित भारतीय हाँस्यकलाकार कपिल शर्माको बायोपिक बन्ने भएको छ । शर्माको जीवनमा आधारित रहेर चलचित्र ‘फन्कार’ बन्ने भएको हो । भारतीय टेलिभजिन कार्यक्रम ‘कमेडी नाइट विथ कपिल’, ‘कपिल शर्मा सो’ लगायतका थुप्रै कार्यक्रममार्फत् चर्चा कमाएका शर्माले केही चलचित्रमा समेत काम गरेका छन् । उनलले ‘किस किसको प्यार करु’, ‘फिरंगी’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।
शर्माको जीवनमा आधारित चलचित्रलाई ‘फुर्के’ चलचित्र शृंखलाका निर्देशक मृगदिप सिंह लाम्बाले निर्देशन गर्दै छन् । महावीर जैनले लगानी गर्ने यो चलचित्र लिका प्रोडक्सनको ब्यानरमा बन्न लागेको हो ।

प्रतिक्रिया