इमेजमा ‘नेपाल्स सिगिंङ सुपरस्टार’

काठमाडौं । इमेज एचडी टेलिभिजनबाट गायन रियालिटी सो ‘नेपाल्स सिगिंङ सुपरस्टार’ प्रसारण हुने भएको छ । भ्वाइस स्टार नेपाल प्रालिले निर्माण गर्न लागेको उक्त सोको निर्माण पक्ष र इमेज टेलिभिजनबीच प्रसारण सम्झौता भएको छ । रवि श्रेष्ठले निर्देशन गर्ने रियालिटी सोमा सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेका प्रतिभालाई मञ्च उपलब्ध गराउने जनाइएको छ । डिजिटलबाट पहिलो चरणका प्रतिस्पर्धीलाई छान्ने र त्यसपछि कार्यक्रममा प्रत्यक्ष रुपमा अडिसन हुने निर्माण पक्षले बताएको छ । निर्देशक श्रेष्ठका अनुसार पुसको पहिलो साताबाट कार्यक्रममा सहभागी छान्नका डिजिटल रुपमा अडिसन हुनेछ ।

२५ लाख पुरस्कार राखिएको यो कार्यक्रम २५ भागसम्म चल्नेछ । निर्माण पक्षका अनुसार दर्शकको भोटका आधारमा बिजेता छानिने छन् । कार्यक्रमका लागि निर्णायकको छनोट भइसकेपछि निर्माण पक्षले ‘गेस द जजेज’ प्रतियोगिता राखेर निर्णायकको सही अनुमान गर्नेलाई उचित पुरस्कार दिइने जनाइएको छ ।

प्रतिक्रिया