‘प्रेमनाथ’ डिजिटल रिलिज हुने

काठमाडौं । निर्माता गणेश बेल्वासेले निर्देशन गरेको चलचित्र ‘प्रेमनाथ’ डिजिटल प्लेटफर्ममार्फत प्रदर्शनमा आउने भएको छ । प्रेमकथामा आधारित यो चलचित्र डिसहोम, नेट टिभी लगायत करिव आधा दर्जन प्लेटफर्मबाट प्रदर्शनमा आउन लागेको निर्माण पक्षले जनाएको छ । निर्देशक बेल्वासेका अनुसार बुढासुब्बा डिजिटलले करिब आधा दर्जन डिटिजल प्लेटफर्मबाट चलचित्र प्रदर्शन हुँदैछ । पहिलो चरणको कोरोनाका कारण सार्वजनिक प्रदर्शनमा आउन नसकेको चलचित्र अहिले डिजिटल प्रदर्शन गर्न लागिएको हो । बेल्वासले भने, ‘चलचित्र विभिन्न डिजिटल प्लेटफमबाट ल्याउदा पनि लगानी सुरक्षित हुने देखेर रिलिज गर्न लागेको हो ।’ उनले अझै केही वर्ष चलचित्र हलमा प्रदर्शनमा आउन कठिन हुने जिकिर गरे । उनले भने, ‘यस्तो बेला चलचित्र त्यसै थन्काएर राख्नुभन्दा डिजिटल प्लेटफर्म उपयुक्त हो ।’ निर्देशक बेल्वासेले लगानी पनि सुरक्षित हुने र चलचित्र पनि पुरानो नहुने देखेरै प्रदर्शन गर्न लागिएको बताए ।

चलचित्रमा २५ सय वर्षअघिको प्रेमकथा रहेको निर्माण पक्षले जनाएको छ । जसमा सुरवीर पण्डित, गजित बिष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, गणेश बेल्वासे, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल, सिर्जना राई लगायतका कलाकारको अभिनय छ । यो चलचित्रमा कृति गौतम र मोनालिसा विष्टले अभिनयमा डेब्यु गरेका छन् । चलचित्रलाई काठमाडौं, लुम्बिनी, रोल्पा, लखनउ, दाङ लगायतका स्थानमा खिचिएको निर्माण पक्षले जनाएको छ । गुहेश्वरी बेलबासे निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता कपिलप्रसाद दवा हुन् । यस्तै, चलचित्रमा सह–निर्माताको रुपमा वसन्तराज भट्ट र मिलन राई रहेका छन् । भरत क्षेत्रीले द्वन्द्व निर्देशन गरेको यस चलचित्रका संगीतकारमा सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगी रहेका छन् ।

प्रतिक्रिया