‘हावामा फैलियो मधुरो गीत’ सार्वजनिक

काठमाडौं । गायिका एलिना चौहानले स्वर रहेको ‘हावामा फैलियो मधुरो गीत’ को भिडियो सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा संजीव सिंहले संगीत भरेको यस गीतमा मानसिक तनाव, एक्लोपन र त्यसले निम्त्याउने डरको विषयलाई उधिनिएको छ । कवि सुवेदी र पूजन सापकोटाले निर्देशन गरेको गीतको भिडियोमा यही एक्लोपन र त्यसले पारेको मानसिक प्रभावलाई देखाइएको छ । गीतकार प्रगति आफैं देखिएको यस गीतको भिडियो परिकल्पना उनकै हो ।

यसअघि प्रगतिका ‘गाडी गुड्छ नेपाली’ र ‘लिसन टु मी’ गीत सार्वजनिक भइसकेका छन् । इण्डोनेसियन आमा र नेपाली बुवाकी छोरी आइशा डोटेलले गाएको गीत ‘गाडी गुड्छ नेपाली’ गतवर्ष निकै मन पराइएको थियो । प्रगतिको संजीव सिंहकै शब्दमा यसअघि ‘रमाइला ती दिन’ गीतसमेत सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया