मधेसमा खै लोकतन्त्र ?

महन्थ ठाकुर

लोकतन्त्र खतरामा छ भन्छन् तर मधेसमा खै लोकतन्त्र ? मधेसमा लोकतन्त्र छ ? सामान्य जुलुस प्रदर्शन गर्दा र धर्नामा बस्दा मानिसले गोली खाएका छन् । एउटा मानिसको मूल्य १० लाख हो ? गोली हानेर मार्दा १० लाख लिन्छ, अरू के गर्छ र भन्ने सोचले गोली चलाएको छ । अत्याचार भएको छ । घरमा घुसेर महिलामाथि हातपात भएको छ । संस्कृतिमाथि आक्रमण भएको छ ।

नेकपा एमाले, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूसँग हाम्रो पटकपटक भेटघाट भएको छ । कहिले एक्लै, कहिले दुई जना, कहिले पाँच जना सँगै बसेर कुराकानी भइरहेको छ । सर्वप्रथम प्रधानमन्त्री केपी शर्मा ओलीसँग हाम्रो कुराकानी भयो । ओलीजी सरकारमा हुनुहुन्छ । पहिला पनि उहाँ सरकारमा हुँदा संविधान संशोधन, नागरिकता, भाषा प्रतिनिधित्वसम्बन्धी र हामीहरूमाथि भएका मुद्दाका विषयमा सहमत नै हुनुहुन्थ्यो । लिखित रूपमा पनि पत्र आदानप्रदान भएकै हो । हाम्रो दुईवटा प्रमुख मुद्दा छन्, एउटा टीकापुर घटनाको र अर्को महोत्तरीको जलेश्वर घटना प्रमुख हो । अरू ससाना मुद्दाहरू जिल्ला प्रशासन कार्यालयमा छन् ।

चुनावभन्दा अगाडि दुवैतर्फबाट टास्कफोर्स बनेको थियो । कति मुद्दा छन्, कति जनामाथि मुद्दा चल्यो भनेर गरिएको अध्ययनमा करिब १२ सय जनामाथि मुद्दा देखिन्छ । यी सबै मुद्दा एकसाथ फिर्ता लिने र राजबन्दीहरूलाई रिहा गर्नुपर्ने हाम्रो माग हो । नागरिकताको समस्या पनि समाधान हुनुपर्छ । हाम्रा मागलाई कसैले पनि अस्वीकार गर्नुभएको छैन । यो त वास्तवमा देशको समस्या हो, तर यो मधेसको मात्र हो भन्ने प्रश्न उहाँहरूबाट आउँछ । मधेसले बारम्बार आवाज उठाएका कारण यसलाई मधेसको समस्याका रूपमा बुझिएको छ । यसको समाधानका लागि सबै सहमत हुनुहुन्छ । अर्को, हाम्रो सांसद रेशम चौधरी जेलमा हुनुहुन्छ । उहाँलाई सपथ ग्रहण पनि गराइयो । तर, उहाँ निलम्बित हुनुहुन्छ । यसका साथै त्यही मुद्दामा अरू पनि जेल परेका छन् ।

लोकतन्त्र खतरामा छ भन्छन् तर मधेसमा खै लोकतन्त्र ? मधेसमा लोकतन्त्र छ ? सामान्य जुलुस प्रदर्शन गर्दा र धर्नामा बस्दा मानिसले गोली खाएका छन् । एउटा मानिसको मूल्य १० लाख हो ? गोली हानेर मार्दा १० लाख लिन्छ, अरू के गर्छ र भन्ने सोचले गोली चलाएको छ । अत्याचार भएको छ । घरमा घुसेर महिलामाथि हातपात भएको छ । संस्कृतिमाथि आक्रमण भएको छ । संस्कृतिमाथि आक्रमण हुँदा भगवान्ले पनि माफी दिनुहुन्न । हामीमाथि यस्तो किसिमको आक्रमण भएको छ । यो सुन्दा पीडा हुन्छ । यो कसले ग¥यो त ? हाम्रै सरकारले गरेको हो । कुनै विदेशी सरकारले गरेको होइन । गोली लागेर मर्नेको परिवारले केही नपाउने र गोली चलाएर मार्नेले प्रमोसन पाउने ? विभेद त प्रस्टै देखिन्छ ।

अहिलेको सत्ता सहकार्यको संवाद किन टुंगोमा पुगिरहेको छैन ? कहाँ रोकिएको छ ? भन्ने प्रश्न धेरैले गर्छन्, तर बास्तविकता बुझ्न खोज्दैनन् । किनकी सहमतिमा पुग्न हाम्रा लागि ढोका बन्द भएको छ, बाटो बन्द छ । हाम्रा मानिसहरू जेलमा छन् । हाम्रा मानिसहरूमाथि विभिन्न मुद्दा लागेका छन् । हाम्रा माग पूरा गर्नुपर्छ भनेर सबैले स्वीकार गर्नुभएको छ । ओलीजी अहिले सरकारमा हुनुहुन्छ । उहाँ अहिले गर्ने अवस्थामा हुनुहुन्छ । त्यसकारण उहाँसँग हाम्रो भेट र छलफल भएकै हो । उहाँले मैले गर्न सक्ने जति म गर्छु भनेर काम अगाडि बढेको छ । उहाँले आफ्नो तर्फबाट सुवास नेम्वाङजी, विष्णु पौडेलजी र राजन भट्टराईजीलाई अगाडि सार्नुभएको छ ।

हामीले अहिलेसम्म दुई जनाको नाम दिएका छौँ । अस्ति प्रधानमन्त्रीसँगको कुराकानीमा एक÷दुईजना अरू राख्नुपर्ने छ भनेर भनेको थिएँ । उहाँले ठीक छ, एकजना पठाइदिनुहोस् न त भन्नु भएको छ । त्यो हामीहरूले पठाएका छैनौँ । छलफल गरेर थप एक जनालाई पठाउनेछौँ । त्यसपछि हामी कुनै निर्णयमा पुग्छौँ । प्रधानमन्त्री ओलीका तर्फबाट तीन प्रस्ताव छन् । पहिलो, सरकारमा आउनुहोस्, मिलेर जाउँला । दोस्रो, सरकारमा आउन चाहनुहुन्न भने बाहिरैबाट हामीलाई समर्थन गर्नुहोस् । त्यो पनि भएन भने तपाईं अरूसँग पनि नजानुहोस् । तटस्थ बस्नुहोस् । तर, हामीले हाम्रो एजेन्डा सम्बोधन भएपछि निर्णय गर्छौं भनेर भनेका छौँ ।

प्रधानमन्त्री केपी ओलीबाट प्रधानमन्त्री बन्न प्रस्ताव आएको छ , १६ वटा मन्त्रालय दिने प्रस्ताव आएको छ भन्ने बजार हल्ला यतिबेला चलेका छन् । तर, मलाई यस्तो प्रस्ताव कुनै नेताबाट पनि आएको छैन । यो तहसम्म वार्ता पुगेकै छैन । मन्त्रालयको भागबण्डा नियुक्तिले गर्दा नेकपाको यो अवस्था भएको छ । त्यहाँ नै भागबण्डा पुगिरहेको छैन । संसद्मा उहाँहरूको वर्चस्व छ, प्रशासनमा पनि उहाँहरू नै हुनुहुन्छ । हामी कहाँ छौँ ? हाम्रो कहीँ स्थान नै छैन, ताकि हामी आफ्नो ताकत देखाऔँ । हामी त पीडित छौँ । हामी मात्र पीडाबाट मुक्ति चाहन्छौँ । त्यसैले पहिला हाम्रा मुद्दाहरू सम्बोधन हुनुपर्छ । मुद्दा सम्बोधन नभइकन सरकार वा कुनै गठबन्धन बन्छ भने त्यो गठबन्धनमा हामी जाने छैनौँ ।

सरकारको नेतृत्व गएर आफ्ना माग आपैmँ सम्बोधन गर्न सक्ने अवस्थामा हामी छैनौँ । किनकी हामी आपैmँले सरकारको नेतृत्व गरे पनि प्रशासन त उही हो । सबै ठाउँमा उहाँहरू नै हुनुहुन्छ । यो काम कुनै एक्लो व्यक्तिले गर्ने होइन । उहाँहरू मुख्य स्थानमा हुनुहुन्छ । उहाँको साथमा अदालत पनि छ । उहाँको साथमा मुद्दा चलाउने प्रहरी प्रशासन हुन्छ । सरकारी मुद्दा त प्रहरीद्वारा नै चल्छ । त्यसैले कनेक्सन गर्नुपर्ने धेरै छ । किनकी मन्त्री र प्रधानमन्त्रीबाट नीति निर्धारण हुन्छ । शासन त प्रशासनद्वारा हुन्छ ।

यथास्थितिमा प्रधानमन्त्रीमा हाम्रो कुनै दाबी छैन । संसदीय व्यवस्थामा धेरै कुरा संख्यामा निर्भर हुन्छ । संख्याको दृष्टिकोणले पहिला हामी तेस्रो स्थानमा थियौँ । नेकपा एमाले र माओवादी केन्द्र अलग भएपछि अब हामी चौथो स्थानमा भयौँ । तीन जना (केपी ओली, प्रचण्ड र माधव नेपाल) बीच किन झगडा भएको छ ? त्यही प्रधानमन्त्री पदका लागि हो नि । उनीहरूको झगडाको निराकरण भएको छैन । तीन दलको आँखा त्यही पदमा छ ।

राजनीति ज्योतिषले भविष्यवाणी गरेजसरी चल्दैन । कहिले यो आइडोलोजीअनुसार चल्छ । कहिले गणितअनुसार चल्छ । अहिले हाम्रो लडाइँ आइडोलोजीको होइन, एउटै विचार भएका मानिस आपसमा लडिरहेका छन् । भनौँ न, माओवादीको अलग सिद्धान्त होला । तर, माधव नेपाल र ओलीजीको त एउटै सिद्धान्त हो, बहुदलीय जनवाद नै हो । तापनि उहाँहरू अलगअलग हुनुहुन्छ । त्यसकारण यो सत्ताको लडाइँ हो । जो पावरमा छ, ऊ त्यहाँ रहन चाहन्छ । जो छैन, ऊ पावरमा आउन चाहन्छ । यो फर्मुलामा त हामी फिट छैनौँ नि ! यसको अर्थ मैले आपूmलाई प्रधानमन्त्री पदका लागि फिट छैन भनेको होइन । मैले भनेँ नि, ज्योतिषको अनुसार चल्दैन ।

कहिलेकाहीँ टाउको काटेर पनि सत्ताको निराकरण हुन्थ्यो । तर, गान्धीजी आउनुभयो र उहाँले सत्याग्रहको बेग्लै सिद्धान्त ल्याउनुभयो, सत्य मान्नुपर्छ भन्ने बनाउनुभयो र अंग्रेजहरू भारत छाडेर गए । हतियारले भगाएको होइन नि अंग्रेजलाई । जनबलले अस्वीकार गरेर हटाएको हो, त्यो सत्याग्रह हो । म तिम्रो कानुन मान्दिनँ । तिम्रो शासन बहिष्कार गर्छु । तिम्रो देशमा बनेको लुगा लगाउनदिनँ भनेर अस्वीकार गरेको हो नि । त्यसपछि बाध्य भएर अंग्रेजले छाडेर गयो । अरू दुनियाँको देशहरू पनि सबै तरबारको भरमा स्वतन्त्र भएको होइन । त्यो जनताको चेतनाले नै हो । यो देश हाम्रो हो । यो मिसन हाम्रो हो, भन्ने धारणा भयो ।

प्रतिक्रिया