‘तडप’ को फस्टलुक

मुम्बई । बलिउडमा बलिउडमा परिवारवादको चर्चा परिचर्चा चलिरहन्छ । स्टारका सन्तानले चलचित्रमा काम गर्नु बलिउडका लागि नयाँ विषय होइन तैपनि यसैले परिवारवादको बहस चलिरहेको छ । बलिउडमा कुनै समय अभिनयका कारण दर्शकले औधी रुचाएका अभिनेता सुनिल सेट्टीका छोरा अहान सेट्टीले अभिनय गरेको ‘तडप’ को फस्टलुक सार्वजनिक भएको छ । यो चलचित्रको फस्टलुकलाई अभिनेता अक्षय कुमार र अभिनेता अजय देवगणले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । यो चलचित्र ‘आरएक्स १००’ नामक दक्षिण भारतीय चलचित्रको रिमेक हो । यसमा अहानको जोडीको रुपमा अभिनेत्री तारा सुतरियाको अभिनय छ ।

नाडियाडवाला ग्रान्डसन प्रोडक्सनको ब्यानरमा बनेको यो चलचित्र चलचित्रको फस्टलुकमा अहान र तारा एक अर्काको अँगालोमा बाँधिएको दृश्यलाई देखाइएको छ । यो चलचित्र २४ सेप्टेम्बरबाट सार्वजनिक हुने घोषणासमेत गरिएको छ । छोराको पहिलो चलचित्रको फस्टलुक सार्वजनिक गर्दा अभिनेता सुनिल भने भावुक भएका छन् ।

प्रतिक्रिया