कसरी गरे दार्शनिक सुकरातले विद्रोह ?

मिलन आफन्त

समाजमा स्थापित गलत मान्यताहरूलाई सुकरातले खुलेर विरोध गर्न थाले । उनले कमजोर न्याय प्रणालीको विषयमा प्रश्न मात्र उठाएनन्, निरर्थक मान्यता सञ्चालन गर्नेमाथि औँला पनि ठड्याए । उनी आफ्नो समयमा अत्यन्तै क्रान्तिकारी नायक, दार्शनिक बन्न पुगे । समाजले अनावश्यक रूपमा बोक्दै आएको बोझ बिसाउनुपर्ने मान्यता राखेका सुकरातले पारम्परिक पद्धतिबाट समाज चल्ने ठोकुवा गरे ।

 

महान् दार्शनिक सुकरातको जन्म ई.पू.४७९ मा भूमध्य सागरीय भूमि युनानको एथेन्समा भएको थियो । यिनका अभिभावकहरू एथेन्सका नाम चलेका व्यापारी थिए तर सुकरातले पैत्रिक व्यवसायमा मन लगाएनन् । जागिरमा पनि यिनले रुचि देखाएनन् । बरु आफ्नो बालक कालदेखि नै अध्ययनमा चासो देखाए । सानो उमेरमा नै सुकरातले गणित र ज्योतिष विद्यामा रुचि देखाए । गणित र ज्योतिष विद्यामा यिनी निकै अब्बल थिए । युवा अवस्था हुँदा नहुँदै यिनले आपूmलाई निकै योग्य बनाए । सुकरात आफ्नो घरको चार दिवारभित्र सीमित रहेनन् । यिनले सानो उमेरदेखि नै समाजमा भएका राम्रा र नराम्रा पक्षको विषयमा आफ्नो मस्तिष्क खेलाउन थाले । यिनी सानो उमेरदेखि नै समाजमा महान् विचारक बनेर उभिए ।

जब सुकरातको मस्तिष्क विराट हुँदै गयो तब उनले परस्परिक दर्शनले स्वीकार गरेका मान्यताहरूको विपक्षमा आफ्नो मत राख्न थाले । यिनले धर्म र समाजको नीति–नियम बारेमा बहस गरे, छलफल गरे । समाजमा स्थापित गलत मान्यताहरूलाई सुकरातले खुलेर विरोध गर्न थाले । उनले कमजोर न्याय प्रणालीको विषयमा प्रश्न मात्र उठाएनन्, निरर्थक मान्यता सञ्चालन गर्नेमाथि औँला पनि ठड्याए । उनी आफ्नो समयमा अत्यन्तै क्रान्तिकारी नायक, दार्शनिक बन्न पुगे । समाजले अनावश्यक रूपमा बोक्दै आएको बोझ बिसाउनुपर्ने मान्यता राखेका सुकरातले परम्परिक पद्धतिबाट समाज चल्ने ठोकुवा गरे । नापेको र तौलेको पुरानो परिभाषाबाट समाज चल्न नसक्ने स्पष्ट पार्दै ठाउँठाउँमा प्रवचन दिए । सुकरातले बहु देवतावादको पनि विरोध गरे । उनले आफ्नो किशोर उमेरमा नै धेरै शिष्य र विरोधी बनाइसकेका थिए ।

जीवन जीउने क्रममा उनले आफू जवान भएपछि जान्थिपीसँग विवाह गरे । तर, उनले आफ्नो अस्तव्यस्त जीउने कलामा सुधार ल्याउन सकेनन् । युवाहरू बटुलेर वार्तामा सहभागी हुनु र भित्री ज्ञानले देखेको सत्य अरूसमक्ष पुर्याउनु नै सुकरातको दैनिकी थियो । उनले आफ्नी पत्नी र घरलाई समय दिन सकेनन् । उनले पत्नी रिझाउन र घर सम्हाल्न कुनै काम गरेनन् तसर्थ पनि उनको पारिवारिक जीवन सुखद रहेन । त्यसो त उनकी पत्नी पनि अत्यन्तै छुच्ची र मुखाले थिइन् । सुकरातले पत्नीबाट मायाको आभाष पाउन सकेनन् । तसर्थ यिनको गृहस्थ जीवन पट्यारलाग्दो थियो । तर, सुकरात अत्यन्तै बुद्धिमानी थिए । जीवन चलाउन वार्ता र छलफलको अत्यन्तै महत्व छ भने कुरा यिनले बुझेका थिए, त्यसो भएर यिनले युवापुस्तालाई वार्ता र छलफलविनाको जीवन निरस हुन्छ भन्ने कुरा बुझाउन खोजे । सुकरातका प्रभावकारी भाषणले युवा समुदायको हृदयलाई छोयो । यिनका अनेकाैं शिष्यहरू भए । समर्थक पनि धेरै भए ।

सुकरातले युनान अर्थात ग्रिस दर्शनमा क्रान्ति नै ल्याए । दार्शनिक विवेचना र सिद्धान्तका विषयमा नवसोपान तयार पारे । तपस्वी सुकरातले भौतिक सुखलाई त्यागे । नीतिशास्त्रअन्तर्गत सद्गुणको चर्चा गरे । यिनले मानिसलाई अन्धकारबाट उज्यालोतिर डो¥याए । यिनले लेखेर होइन, बोलेर, भाषण गरेर आफ्नो विचारको प्रचार गरे । यिनी ग्रिसमा अत्यन्तै लोकप्रिय बन्दै गए । उनको यो सही विचारबाट अन्धविश्वास र भ्रामक मान्यतामा टिकेको युनानी सत्ता डगमगाउन पुग्यो । यिनलाई समाज भाँडेको आरोप लाग्यो । युनान सरकारले यिनलाई पक्रियो र न्यायलयले सुकरातलाई मृत्युदण्डको घोषणा सुनायो । सत्यको लागि, सही विचारको लागि दार्शनिक सुकरातले दुर्गन्दित सत्तासामु घँुडा टेकेनन् । बरु आफ्ना भगवान् जेसस क्राइस्टजस्तै मृत्यु अँगाल्न पछि परेनन् ।

जब सुकरातलाई विष खुवाएर मार्ने निश्चय भयो । तिथिमिति पनि टुंगो लाग्यो तब यिनका प्रशंसकहरू चिन्तित भए तर सुकरात चाँही सौम्य एव. शान्त थिए । सुकरातलाई मृत्युदण्ड दिने समयमा उनको अगाडि विषको कचौरा आइपुग्यो । यिनले आपूmले खानुपर्ने विषबाट केही अंश झिकेर आफ्नो देवतालाई चढाउने इच्छा देखाए । मृत्युका लागि जति चाहिने हो, त्यति मात्र विष तयार भएको हुनाले देवतालाई चढाउन नपाउने आदेश पाए । ‘अर्काे लोकको यात्राको सफलताको लागि प्रार्थना गर्न पाउँछु ?’ भन्दा विष दाताबाट कुनै उत्तर नपाएपछि दार्शनिक सुकरातले विष घटीघटी पिए र मुत्यु वरण गरे । त्यस्ता महान् विचारक, दार्शनिक सुकरात आज हाम्रोसामु छैनन्, तर उनले समाजलाई देखाएको सकारात्मक मार्ग भने सदासदाका लागि मार्गदर्शक बन्नेछ ।

प्रतिक्रिया