‘आरम्भ’ को गीत ‘रिमझिम मौसम’

काठमाडौं । शंकर अधिकारी घायलको प्रस्तुति, लेखन तथा निर्देशनमा चलचित्र ‘आरम्भ’ को निर्माण कार्य अघि बढिरहेको छ । यसैबीच चलचित्रको ‘रिमझिम मौसम’ बोलको गीतको भिडियो सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रको प्रचार प्रसार सुरु गरेको छ । सार्वजनिक गीतमा गायिका नित्या शिवाको आवाज रहेको छ । निर्देशक घायलकै शब्द तथा संगीत रहेको गीतमा भुपाल खालिङले संगीत संयोजन गरेका छन् ।

प्रेमकथामा आधारित यस चलचित्रको छायांकन कृष्ण पाण्डेको रहेको छ । डिके हमालको नृत्य, देव महर्जनको द्वन्द्व तथा अञ्जली थापाको सम्पादन रहेको यस चलचित्रको गीतमा चलचित्रकै प्रमुख कलाकार विशाल अग्रवाल र अमृता मगरको अभिनय छ । मीनकुमार अधिकारी निर्माता रहेको चलचित्रको राजु लामा स्याङरुम, रोशन पोख्रेल र लक्ष्मी कुँवर सहनिर्माता हुन् ।

प्रतिक्रिया