माइतिघरमा आज अहिंसात्मक नागरिक प्रदर्शन हुने

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध माइतिघर मण्डलामा शनिबार अहिंसात्मक नागरिक प्रदर्शन हुने भएको छ। माइतिघर मण्डलामा दिउँसो १२ बजे अहिंसात्मक नागरिक प्रदर्शन हुने अधिवक्ता ओम प्रकाश अर्यालले जानकारी दिएका छन्।

प्रदर्शनमा डा गोविन्द केसीको समेत सहभागिता हुने उनले ट्विटमार्फत् जनाए। ‘प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न डा. गोविन्द केसी सहितको अहिंसात्मक नागरिक प्रदर्शनमा सहभागि होऔ,’ उनले ट्विटरमा लेखेका छन्।

प्रतिक्रिया