‘मेरो त भाग्य’ सार्वजनिक

काठमाडौं । कैलाश राईको निर्देशनमा बनेको चलचित्र ‘मनसँग मन’ को ‘मेरो त भाग्य’ बोलको गीत सार्वजनिक गरिएको छ । नयाँ वर्षको अवसर पारेर २७ चैतमा देशव्यापी प्रदर्शन गर्ने मिति तय गर्दै गीत रिलिज गरिएको हो । सार्वजनिक गीत ‘मेरो त भाग्य’ मा गायक डेभिड शंकर र गायिका भावना थापाको स्वर आवाज रहेको छ । विपिन किरणको शब्द रहेको गीतमो दीपक शर्माले संगीत भरेका छन् । सौरभ लामाले छायांकन गरेको गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी तथा अर्जुन जिसीको सम्पादन रहेको छ ।

सार्वजनिक गीतको यस भिडियोमा चलचित्रका मुख्य अभिनेता पुष्प खड्का, अभिनेत्री वर्षा सिवाकोटीको नृत्य रहेको छ । त्यस्तै, गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको समेत नृत्य छ । भिडियोमा कलाकारद्वय बुद्धि तामाङ र रविन्द्र झाको पनि अभिनय छ । यस चलचित्रमा पुष्प, वर्षा, बुद्धि लगायतका कलाकारको अभिनय छ । अरुण तामाङको लगानी रहेको यो चलचित्रलाई सौरभ इन्टरटेन्मेन्ट र बालाजी इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार पारिएको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया