मुगुमा नेकपा ओली पक्षको शक्ति प्रर्दशन, दुधे बालक बोकेका महिलासमेत सहभागी (फाेटो फिचर )

मुगु । हिमाली जिल्ला मुगुमा नेकपा का अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली पक्षले शक्ति प्रर्दशन गरेको छ । पहिलो पटक मुगु सदरमुकाम गमगढीमा बाजाँ–गाँजाका साथ बृहत अगुवा कार्यकर्ता भेलागरि शक्ति प्रर्दशन गरिएको हो । महिलाहरु पनि दुधे बालक च्यापि प्रर्दशनमा सहभागी भएका थिय । प्रधानमन्त्री केपि शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय सहि भएको भन्दै मुगुमा बृहत अगुवा कार्यकर्ता भेला गरी शक्ति प्रर्दशन गरीएको नेकपा केपि शर्मा ओली पक्षका नेता तथा नेकपा केन्द्रीय सदस्य तथा सांसद मोहन बाँनियाले बताए ।

भेलामा ओली पक्षका कार्यकर्ता अपेक्षा गरेभन्दा बढी नै उपस्थित भएको नेताहरूले बताएका छन् । कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले यो राष्ट्रको नायक केपि शर्मा ओली हुन र प्रधानमन्त्रीले गरेको निर्णय सहि भएको भन्दै जनताले पनि ताजा जनादेश चाहेको बताए ।

अगुवा कार्यकर्ता भेलाको कार्यक्रममा मुगु जिल्लाका चारवटै स्थानीय तह एक नगरपालिका र तिन गाउँपालिकाका केपि सर्मथक अगुवा कार्यकता सदरमुकाम गमगढीमा आई शक्ति प्रदर्शन तथा बृहत कार्यकता भेला गरिएको विधान समितिका सभापती कर्णाली प्रदेश सभा सदस्य दानसिहं परियारले बताए ।

‘प्रर्दशनमा आज होईन भोलीलाई दशबर्ष ओलीलाई’ सिमा अत्तिक्रमण बन्द गर लगायतका नारा लगाउदै प्रर्दशन गरिएको थियो । भेलालाई ओली समूहका नेता नेकपा केन्द्रीय सदस्य तथा सांसद मोहन बाँनिया, कर्णाली प्रदेश विधान सभा सदस्य तथा कर्णाली प्रदेश सभाका सदस्य नेकपा केन्द्रीय सदस्य दानसिहं परियार, ओली समूहका नेकपाका केन्द्रीय सदस्यहरु उब्जनबहादुर शाही सोनाम, छेजु लामा, सोनाम लामा, ओली समूहका जिल्ला समन्वय समिति मुगुका प्रमुख पुर्णबहादुर रोकाया, युवा नेता डम्बर रावललगायतका नेताहरूले सम्बोधन गरेका थिए । यसअघि, मुगुमा पुस १४ गते प्रचण्ड–माधवपक्षले पनिकार्यकर्ता भेला गर्दै प्रधानमन्त्री केपिशर्मा ओलीको असंवैधानिक कदम विरुद्ध शक्ति प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया