भक्तपुर र नेवा सभ्यता

मीरा अमात्य

सूचना विभागको तथ्यांकमा नेवा पत्रकारको संख्या चार सय थियो, सन् २०१४ मा । यो संख्या अहिले अझै बढेको होला । ती मध्ये कतिले नेवा सभ्यताको विषयमा लेख्ने जमर्को गरे ? त्यसैले सबैलाई आफ्नो संस्कृति र सभ्यता प्यारो हुन्छ । अर्काको आलोचना गरेर बेट्री खर्छ नगरम् ।

कुरा ०५५ साल तिरको हो आपूm रैथाने भक्तपुरवासी भए पनि हुर्के बढेको काठमाडौंको न्युरोड टोलमा हो । युवाबस्थादेखि स्वनिगभन्दा पूर्वतिर बसाइँसराइ भयो । भोजभतेर, गुठी र बाली उठाउने समयतिर र जाडोको मिन पचास बिदातिर भक्तपुरामा बसाइँ हुन्थ्यो । त्यो बेला सागल (प्रांगारिक मल बनाउने बिशेष खाल्डो) चोकको बीच वा छेउ भागमा हुन्थ्यो, जर्मन प्रोजेक्टपछि भक्तपुर फोहर भयो । विशेष ढलको समस्या देखियो । त्यसैले सागलका बिकुन्प्वा अर्थात नाली ब्लक्क हुने समस्या भएपछि फोहर हुन थाल्यो । मैले बिहेपछि भक्तपुर जान चटक्कै छोडे । घर व्यवहारमा ब्यस्त रहनु परेको कारण । पछि ०५५ सालमा १० महिने पत्रकारिता पढ्दै गर्दा भक्तपुरमा काम विशेषले जानु प¥यो । करिब दुई वर्षको फरकमा भक्तपुर स्वर्ग भइसकेछ ।

सरसफाइमा विशेष ध्यान दियो नगरपालिकाले । गजबको सिस्टम बसालिएछ । छिन्छिन्मा फोहर उठाउने र व्यवस्थापना गर्ने नगरप्रमुख थिए प्रेम सुवाल । सुरुआत स्थानीय नेतृत्व नारायणमान बिजुक्छे लगायतको थियो । घरघरमा गई चोक गल्ली बढार्ने र जागरण ल्याउने काम उहाँहरूबाट भएको रहेछ । बिगतको भक्तपुर र त्यति बेलाको सफा भक्तपुरमा आकाश जमिनको फरक देखेँ । तत्कालीन नेपाल समाचारपत्रमा मेयर प्रेम सुवालसँग अन्तर्वार्ता लिएर एउटा रिपोर्ट पनि प्रकाशित गरेँ । भक्तपुरको वास्तविकता भनेको फोहरमा राजनीति नगर्नु हो । यहाँका जनतामा सामूहिक र साझा मुद्दामा एक हुनु पर्छ भन्ने भावना रगतरगतमा छ । त्यो पटकपटक देखिएको वास्तविकता हो ।

हो, ढुंगेधारा पोखरीहरू सबै जीर्णोद्वार भइसकेका छैनन्, जीवन्त ३३ पोखरी निकै सुन्दर छन्, धार्मिक सांस्कृतिक हिसाबले महत्व र प्रयोग भइरहेका छन् । धेरैजसो पोखरी अब फेरी पुरानै स्वरूपमा ल्याउन र खोजी गर्न स्थानिय युवाहरू सक्रिय छन् । ३३ पोखरी नामको फेसबुक ग्रुप पनि बनाइएको छ । पोखरीको परिचय दिँदै घुमाउने काम पनि गरिएको छ । साथमा नेवाः खाजाको व्यवस्था पनि हुन्छ त्यो ग्रुपबाट । नेतृत्व जुनसुकै पार्टीको होस्, भक्तपुरका जनतामा भक्तपुर र नेपाल पहिलो प्राथमिकतामा पर्ने गर्छ । समुदायको हरेक काममा सघाउने सहयोग गर्ने संस्कार छ, यो मेरो व्यक्तिगत अनुभव हो । अरूलाई के लाग्छ थाहा छैन । चोक, गल्लीमा इँटा बिछ्याउँदा होस् वा मन्दिर सफा गर्न, यहाँ नागरिक आपैmँ लाग्छन्, सक्नेले श्रमदान गर्छन्, नसक्नेले खाजाको जोह गरी दिन्छन् । नगरपालिकाले निर्माण सामग्री व्यवस्थापनका लागि पनि विशेष पहल गरेको छ । नेतृत्वले राजनीति के कुरामा गर्ने भन्ने निश्चित गर्नसके नेपालभरी भक्तपुरजस्तै सफा र सुन्दर बनाउन सकिन्छ । गरे के हुन्न ?

सन्दर्भ मन्डला र रंगोलीको प्रयोग
नेवा सभ्यताको बारेमा अहिले बिस्तारै चेतना आउँदै छ किनकी अहिले यो विषयमा ब्यापक बहस हुँदै छ । आमसञ्चार माध्यमले अझै यसलाई बुझ्न सकिरहेका छैनन् । खस नेपाली भाषाको प्रचलन राष्ट्र भाषाको रूपमा रूपान्तरित भएसँगै नेवा सभ्यता पनि क्रमशः गैर नेवासमाजबाट हराउँदै गयो । आमाको मुख हेर्ने, बुबाको मुख हेर्ने चलन नेवाको हो यो अहिले व्यापक रूपमा सबैले गर्छन् । अब रह्यो मन्डलाको कुरा । यसको प्रयोग नेवा आपैmँले गर्नुप¥यो यसमा विज्ञापन हुनुप¥यो । सिरियलहरूमा देखाइनुप¥यो । थप मन्डलाको धार्मिक पक्ष के हो सो विषयमा व्यापक चर्चा हुनुप¥यो । समय लाग्ला तर नेवा सभ्यता नेपाल र नेपालीको जननी हो भन्ने बुझाइ सबैमा आओस् भन्ने भावनासहित अघि बढ्नुपर्छ । कुनै जाति वा वर्ग विशेषको आलोचनामा समय खर्चनु हुन्न ।

सूचना विभागको तथ्यांकमा नेवा पत्रकारको संख्या चार सय थियो, सन् २०१४ मा । यो संख्या अहिले अझै बढेको होला । ती मध्ये कतिले नेवा सभ्यताको विषयमा लेख्ने जमर्को गरे ? त्यसैले सबैलाई आफ्नो संस्कृति र सभ्यता प्यारो हुन्छ । अर्काको आलोचना गरेर बेट्री खर्छ नगरम् । अन्नपूर्ण पोस्टले नेपाल सम्बत्को सम्मान गर्दै सम्पादकीय लेख्यो तर गल्ती लेख्यो । त्यो सम्पादकीयमा उठान गरिएका सबै मुद्दा गलत थिएन । आखिर सम्पादकीय लेख्न अवसर त नेवा पत्रकारलाई दिएको रैछ नि । भनेपछि हामी नेवा नै सबैभन्दा पहिला आफ्नो सभ्यता र संस्कृतिबारे परिचित छैनौँ भने अरूलाई दोष मात्र दिएर हाम्रो मुद्दा किनारा लाग्दैन । नेपाल सम्बत् ११४१ को हार्दिक शुभकामना नेवा लगायत, हामी सबै नेपालीलाई । हाम्रो सम्पदा संस्कृति हाम्रो गौरव ।

प्रतिक्रिया