राम भरोसे हिन्दू होटल

कांग्रेसलाई गाली गर्दै गरिबको पार्टी भनेर चिनाउने कम्युनिस्टले पनि मनमोहन अधिकारीदेखि आजसम्म पाँच जना प्रधानमन्त्री पायो । होटलले मालिक त फेर्यो तर जनताले राम्रो र सुरक्षित, पौष्टिक आहार खान कहिल्यै पाएन

हामी सानै हुँदा भारतका विभिन्न ठाउँमा काम गर्न गएका काकाहरू सुनाउनु हुन्थ्यो फलानो ठाउँमा रामभरोसे हिन्दू होटल छ । त्यो होटलमा खाना खाएको पैसा दिए पनि हुन्छ नदिए पनि हुन्छ । हामी त रामभरोसे हिन्दू होटल भएकोले इमानदारीका साथ पैसा तिरेर मात्रै खाना खान्थ्याँै है भनेर आपसमा कुरा गर्नु पनि हुन्थ्यो आफ्नो दौतरीसँग ।

खासमा उहाँहरू हामीलाई कुनै सामानको गोठालो राखेर गएको बेला यो कथा सुनाउनु हुन्थ्यो । हामी भुराहरू पनि इमानदारीकासाथ उनीहरूको अरूलाई नदेखाई खाने सामानको सुरक्षा गथ्र्यौं । हामी काकाहरूको सामानको गोठालो बस्थ्यौँ रामभरोसे उनीहरू नआएसम्म । अहिले यो रामभरोसे हिन्दू होटल कहाँ होला कुन हातलमा होला काकाहरू त्यो होटलमा खाएको खानाको पैसा तिर्छन् होलाकी नाई ? बढो कूतुहलता बढेर आउँछ । आजभोलि मैले न त काकाहरूलई भेटेको छु न त कहिल्यै उहाँले भन्ने गरेको रामभरोसे हिन्दू होटललाई नै देखेको छु । जे होस् रामभरोसे हिन्दू होटल भनेर किस्सा गर्न सिकाइदिनु भएकोमा काकालाई मुरीमुरी धन्यवाद छ ।

ऊ बेला काकाहरूले भन्ने गरेको रामभरोसे हिन्दू होटल त अहिले नेपालमा स्थापना भएको पनि देखिन्छ । जो अहिले हामी किस्सा गरिरहेका छौँ । त्यो नेपालमा स्थापना भएको रामभरोसे हिन्दू होटलमा जसले जे गरे पनि हुने रहेछ । न त कानुनको डर छ, न त कानुन नै छ । जे होस् रामभरोसे होटलचाहिँ गजबले चलेको छ । नेपालको रामभरोसे हिन्दू होटल भनेको राजनीतिकर्मीले आफ्नो खेलोफड्कोका लागि स्थापना गरेका हुन् । यो होटलमा जो जहाँबाट छिरे पनि हुन्छ । तर, फरक यति छ कि काकाले सुनाउने रामभरोसेमा खाना पाइन्थ्यो यता नेपालको रामभरोसेमा खाना र न्याय पाइँदैन । अब कुरा गरौँ नेपालको रामभरोसेको ।

हुन त यो देशमा रामभरोसे कोही पनि रहेनन् रामभरोसे हुन प्रधानमन्त्री केपी ओलीले अयोध्याको रामको कुरा गरेजति सजिलो छैन । अब नेपालमा बरु रामभरोसे हिन्दू होटल होइन कि नेकपा भरोसे कांग्रेस होटल भन्नुपर्ने भएको छ । अब भरोसा नै रहेन न त बाबुरामको न त मुमारामको । यहाँ रामभरोसे हिन्दू होटलबाट नेकपा भरोसे कांग्रेस होटल आइपुग्दासम्म राजनीतिक जत्थाको थुप्रै सामान चोरी भएको छ । पृथ्वीनारायण शाहले आर्जेको नेपालको पश्चिमको कालापाली सुस्ता हुँदै झापासम्म चोरी नै भएको छ । यसको रखवाली गर्न कुनै संयन्त्र नभएजस्तो भुइँमान्छेहरूले अनुभव मात्र गरिरहेका छन् ।

राणाहरूले आर्जेको भनेको विकासमा आफ्ना खुट्टा अड्याएर केही फरक किसमको राजनीति गर्ने दलहरूले कहिल्यै नारामा भनेजस्तो देशको विकास गर्न सकेनन् । उल्टै देशमा भएभरका उद्योगधन्दा धमाधम बन्द गराइयो र नेपालका युवाहरूलाई विदेश पलायन गराइयो । त्यो काकाले भनेको रामभरोसे होटलको मेन्यु चेन्ज भए जसरी नेपालका राजनीतिक दलै फरकफरक मेन्यु लिएर आए । प्रत्येक राजनीतिक दलको फरक मेन्युमा देश कहिल्यै परेन । राणहरूसँगै मिलेर केही प्रजातन्त्रका हिमायतिहरूले आर्जेको ठूला विकासका आयोजना प्रजातन्त्रमा नै मासियो भने साना घरेलु आयोजना कम्युनिस्टको पालामा मासिए देश परनिर्भतामा फस्यो र रामभरोसेमा परीणत भयो ।

प्रत्येक निर्वाचनमा बदलिने पार्टीका घोषणापत्रले रामभरोसे नै बनाइछाड्यो त्यो पनि रामप्रति अविश्वास पैदा गरेर । कुरा गराँै जनताले राजनेतालाई राममान्दा भएका बेफाइदाका बारेमा । नेपालमा भएका नदीनाला विकास र सन्धिको नाममा बेच्ने चलन नेपालमा २००७ सालपछि भित्रिएको हो । सुगौली सन्धिले बेला–बेला नेपाललाई पोल्ने काम गरिरहेको छ । सुगौली सन्धि गर्नुभन्दा पहिले नेपालको क्षेत्रफल २ लाख ४ हजार ९ सय १७ वर्ग किलोमिटर थियो । हाल नेपालका रामहरूले सुगौली सन्धिपछि गरेपछि विशाल नेपालको भू–भाग घटेर १ लाख ४७ हजार १ सय ८१ वर्ग (लिपुलेक जोड्दा १ लाख ४७ हजार ५ सय १६) किलोमिटरमा खुम्चिएको छ ।

हुँदाहुँदा आजभन्दा ५८ वर्ष पहिलेदेखिबाट अर्थात् १९६२ देखि कालापानीमा भारतीय सेनाहरू तैनाथ गरिँदै आएका छन् । सुदूरपश्चिम नेपालको दार्चुला जिल्लाभित्र पर्ने कालापानीमा ३ सय ५० वर्गकिलोमिटर भू–भागभित्र भारतीय सैनिक क्याम्प खडा गरिँदै आएको छ । रामहरूले जनतालाई भरोसामा मात्रै पारे विश्वास दिलाउन सकेन । कालापानी मात्र होेइन सुस्तादेखि झापासम्म भारतले कब्जा गर्दै गएको छ । देश आथिक उन्नतिमा भन्दा पनि विपन्नतिमा फस्दै गयो । अब कुरा गराँै जनताको मन बुझाउन र विश्वास दिलाउनकै लागि खोलिएका राजनीतिक होटलको विषयमा ।

नेपालमा राणाहरूको अन्त्यपछि मात्र राजनीतिक होटल खोल्ने काम सुरु भएको हो । राणाहरूको अन्यपछि हालसम्म अर्थात १९९३ देखि हालसम्म नेपालमा १ सय १९ वटा राजनीतिक दलका रामभरोसे होटल खोलिएका रहेछन् । अहिले सबैभन्दा बढी चलेको होटल भनेको अलग धारपछि एक भएको नेकपाले चलाएको होटल हो । नेपालमा थुपै्रपटक आन्दोलन भए २००७ सालदेखि आजसम्म आइपुग्दा सातपटक ठूलाठूला राजनीतिक उथलपुथल भएका रहेछन् । जुन राजनीतिक उथलपुथलले शासकको राजनीतिक शासन नै फेरियो र व्यवस्थामा परिर्वतन आएको छ ।

राजनीतिक होटल सञ्चालनले यसलाई ठूलो उपलब्धी मान्दै पनि आएको छ । चुनावी मैदानमा प्रजातन्त्रिक कांग्रेसलाई गाली गर्दै गरिबको पार्टी भनेर चिनाउने कम्युनिस्टले पनि मनमोहन अधिकारीदेखि आजसम्म पाँच जना प्रधानमन्त्री पायो । होटलले मालिक त फे¥यो तर जनताले राम्रो र सुरक्षित, पौष्टिक आहार खान कहिल्यै पाएन । २००५ सालमा बिपी कोइरालाले नेतृत्व गरेको राष्ट्रिय कांग्रेस र सुवर्ण शमशेरले नेतृत्व गरेको ‘नेपाल प्रजातन्त्र कांग्रेस’ एकीकरणको घोषणा हुँदा डा. डिल्लीरमण रेग्मी र पुष्पलाल श्रेष्ठ सहभागी भएनन् । फलस्वरुप २००६ सालमा पुष्पलालले राष्ट्रिय कांग्रेसबाट फुटेर नेपाल कम्युनिस्ट पार्टी गठन गरे । त्यसपछि सुरु भए होटेल खोलिने काम ।

जताततै खुलेका होटलको गणना गर्दा १ सय १९ पुगेछन् र हाल धेरै होटल आफ्नो अस्तित्वमा छैनन् । देशले जति राजीनितक दल जन्माउँदै गयो त्यति आर्थिक संकटमा फस्दै गयो । देशमा भएका उद्योगधन्दा धमाधम निजीकरणका नाममा बन्द भए भने साना उद्योग जातियताका नाममा बन्द गराइयो । यसलाई नै देशको आर्थिक विकास हुन नसक्नुको प्रमुख कारण मान्न सकिन्छ । ०५२ सालमा कम्युनिस्टको एक तप्काले गरेको आन्दोलनले देशमा विशाल रूप लियो र गणतन्त्र आयो । वास्तवमा गणतन्त्र मुलुकका लागि महान उपलव्धी हो । यो उपलव्धी जनताले ल्याएका हुन् ।

तर, यसको श्रेय लिन पनि दलहरूबीच हानथाप जारी छ । नेपालमा २००४ सालदेखि हालसम्म १५ पटक निर्वाचन भइसकेको छ । २००७ सालदेखि अहिलेसम्म ५३ पटक सरकार फेरबदल भएको छ भने राजा महेन्द्रले प्रजातन्त्र मासेर पञ्चायती व्यवस्था सुरु गरेपछि २०१८ फागुन ७ गते गाउँ पञ्चायतको निर्वाचनमा उम्मेदवारको नाममा हात उठाएर भोट गरे । त्यहि बेलादेखि नै गाउँपञ्चायतमा प्रधानपञ्च र उपप्रधानपञ्च रहने र नौ वटा वडामा विभाजन गरिएको थियो । २००७ सालको परिर्वतनपछि पटकपटक भएका आन्दोलन र निर्वाचनले जनताले केही अधिकार पाए । २०५२ सालमा तत्कालीन माओवादीले गरेको विद्रोहले नेपालका ग्रामीण जनतालाई पनि राजनीतिक चेतना जगायो ।

जनताले सुखद् परिकल्पना गरी ०६२÷०६३ जनआन्दोलन सकियो । आन्दोलनको गर्भबाट ६ सय १ जनाको जन्म भयो । हाल संविधान जारी गरीसकेपछि नेपालमा नयाँ निर्णय अनुसार जम्मा ७ सय ५३ पालिका रहेको छ जसमा ६ महानगर, ११ उपमहानगर, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका छ । प्रदेश र संघमा रहेका माननीयहरूको संख्या उत्तिकै छ । राणाशासन, पञ्चायती शासनदेखि गणतन्त्र सम्मका राजनीतिकर्मीहरूले रामभरोसामै देशको आर्थिक उन्नतिका नारा बाँढिरहे । गणतन्त्रपछि निर्माण भएको बहुमतीय सरकार आन्तरिक द्वन्द्व र काण्डैकाण्डका बीच अगाडि बढिरहेको छ ।

कोरोनाले स्वदेश फर्केकाहरूलाई रोजगारको चिन्ता छ भने बहुमतीय सरकारलाई पदको चिन्ताले पिरोलिरहेको छ । पार्टी निर्माण गर्दाका बेलादेखि नै अलग ध्रुवमा रहेका दल नक्सा जारी गर्दा भने एक ठाउँमा उभिएका छन् । रामभरोसे विकासले अलमलमा पारेका जनतालाई विश्वास दिलाउन दलहरूलाई फलामको चिउरा चपाउनुजस्तै भएको छ । यतिका आन्दोलन र परिर्वतनपछि रामभरोसेलाई सधैँका लागि बिदागरी आर्थिक विकासको बाटो खोल्ने कि आन्तरिक द्वन्द्वमा गई रामभरोसे हिन्दू होटलको पुनर्निर्माण गर्ने ?

प्रतिक्रिया