संघर्षले नै बलिउडमा टिकेकी हुँः करिना

मुम्बई । बलिउड अभिनेत्री करिना कपुरले आफू चलचित्र क्षेत्रमा टिक्न परिवारवादका कारण मात्रै सम्भव नभएको बताएकी छन् । उनले आफ्नो २१ वर्ष लामो चलचित्र नगरीको करिअरमा परिवारवादले मात्रै सहज नभएको बताएकी हुन् । पछिल्लो समय बलिउडमा अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि ‘नेपोटिज्म’ को चर्को बहस चर्किएको छ ।

अभिनेत्री करिनाले भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै भनिन्, ‘मेरो यति लामो बलिउड यात्रा दर्शकले स्वीकार नगरेको भए सम्भव नै थिएन । २१ वर्षको यात्रा परिवारवादका कारण मात्र सम्भव थिएन । बलिउडमा सुपरस्टारहरुका छोराछोरीहरु परिवारवादका कारण हिट भएका छैनन् ।’

उनले आफू बलिउडको पारिवारिक पृष्ठभूमिबाट आए पनि निकै संघर्ष गरेको जिकिर गरिन् । कपुर परिवारबाट बलिउडमा प्रवेश गरेकी उनले यस अवधिमा आफ्नो निकै मिहिनेत र संघर्ष गर्नुपरेको बताइन् । उनले यो अरु केही कलाकारको जस्तो रोचक भने नभएको उनको तर्क छ ।

उनले भनिन्, ‘पक्कै पनि, गोजीमा १० रुपैयाँ बोकेर ट्रेनको यात्रा गर्दै बलिउडमा प्रवेश गरेका कलाकारको जस्तो रोचक कथा त मेरो छैन । तर, पनि मैले बलिउड यात्रामा निकै संघर्ष गरेकी छु ।’ उनले दर्शकले नै आफूहरुलाई बनाउने भन्दै अरु कसैबाट पनि यो सम्भव नभएको जिकिर गरिन् । उनले करिब एक दर्शक बलिउडमा राज गरेकी थिइन् । अहिले उनको क्रेज पहिलेको जस्तो छैन । तर, पनि उनले केही चलचित्रमा अभिनय भने गरिरहेकी छन् ।

प्रतिक्रिया