मणि थापाको कम्युनिस्ट निष्ठा

वरिष्ठ नेता माधवकुमार नेपालले भनेझैँ पार्टी विधि, नीति र नियमअनुसार चलेको छैन भन्ने भनाइ पार्टीको अन्तरिम विधान विपरीत देखिन्छ । यो पार्टीको सामान्य कालखण्ड होइन । विधि र पद्धतिको कुरा गर्ने हो भने पार्टीमा दुई अध्यक्ष हुँदैन । दुवै अध्यक्षले पार्टीका आधिकारिक पत्रमा संयुक्त हस्ताक्षर गर्ने, संयुक्त अध्यक्षता गर्ने आदि हुँदैन

‘नेपालमा विगत लामो समयसम्म कम्युनिस्ट पार्टीहरूका बीच एकअर्कालाई नै सिध्याउने खालका आपसी खेलबाट प्रतिक्रियावादीले देश र जनताका विरुद्ध धमिलो पानीमा माछा मार्न सफल भएका हुन् ।’ उक्त विचार नेकपा पार्टी स्थायी समिति सदस्य मणि थापाले जन संस्कृति क्षेत्रका दुई घटकका एकीकृत पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्दै भन्नुभएको थियो । उहाँले नेपाली कम्युुनिस्ट आन्दोलनविरुद्ध विगतदेखि नै आन्तरिक र बाह्य खतरा रहेको उल्लेख गर्नुभएको थियो ।

थापाले अहिले दुई प्रमुख कम्युनिस्ट पार्टीका बीच मूलतः पार्टीका शीर्षस्थ नेता द्वयको अगुवाइ र समझदारीमा भएको पार्टी एकताको उच्च प्रशंसा गर्दै अब त्यसलाई सकार र सफल पार्ने गम्भीर चुनौती नेता, पार्टी र अझ हामी संस्कृतिकर्मीमा आएको बताउनुभएको थियो ।

संसारकै तेस्रो ठूलो कम्युनिस्ट पार्टी बनेको नेकपा र यसले नेतृत्व गरेको सरकारका विरुद्ध देशीविदेशी प्रतिक्रियावादीहरू चौतर्फी हमला गर्न अहिलेदेखि नै लागिपरेको थापाले त्यति बेला नै बताउनुभएको थियो ।

प्रतिक्रिवादीहरूले सरकार बनेको केही दिनपछि नै काठमाडौंका सडकको एउटा खाल्टो देखाएर त्यसलाई सात खाल्टो भन्दै ओली सरकारविरुद्ध दुष्प्रचार गर्न सक्रिय रहेको पनि उहाँले बताउनुभएको थियो । हुन पनि माओले भनेझैँ झारपातरूपी गलत विचारहरूले चौतर्फी हमला गर्दा तदनुरूप सशक्त र संगठित रूपमा बेलैमा प्रतिवाद नगर्दा सत्य स्थापित हुन सक्तैन । सिस्नुपानी, नेपालले नेपालका मिडिया विदेशीका गुडिया भनेझैँ कतिपय मिडियाबाजीकै भरमा आमजनमानसमा सत्य ओझेल परिरहेको अवस्था छ ।

बोना पार्टले चार वटा विरोधी पत्रिका चार हजार सेनाभन्दा डरलाग्दा हुन्छन् भनेका छन् । त्यस्तै अर्का वरिष्ठ पत्रकार ओस्कार वाइल्डले पनि अमेरिकामा राष्ट्रपतिले चार वर्ष शासन गर्छन् तर पत्रकारिताले सधैँसधैँ शासन गरिरहेको हुन्छ भनेका छन् । यस्तै फन्दामा अहिले नेकपा र यसले नेतृत्व गरेको सरकार परिरहेको देखिन्छ । नेकपाकै कतिपय उपल्ला तहका नेताले विरोधी र विपक्षी दलभन्दा तीन बित्ता बढी उफ्रिएर सरकारको विरोध गरेपछि आमजनता दिग्भ्रमित भएका छन् । थापाले पार्टीका ससाना आन्तरिक अन्तद्वन्द्र्वमा खेलेर प्रतिक्रियावादीहरू पार्टी तहसनहस पार्न उद्यत हुनसक्ने सुनिश्चित रहेको बताएको केही समयपछि नै स्थायी समितिमा यसका कुलक्षणहरू खुल्ला रूपमा प्रकट भएका छन् ।

यही क्रममा थापाले पार्टी एकीकृत हुँदा विजातीय तत्व पनि समाहित हुनसक्छ भन्दै पार्टी र सरकारका सजातीय तत्वका बल, बुता, शक्ति, सिर्जना र सामथ्र्यले आफैँ भित्रका नकारहरू परिवर्तित गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभएको थियो । नभन्दै विजातीय तत्वको पहलमा स्थायी समितिमा उत्पन्न विवाद त्यही तहमा समाधान गर्न दबाब दिनुको सट्टा उक्त विवादलाई तल्ला तहमा पनि छिरोलेर रमित देखाउन एकजत्था नेता लागिपरेको देख्दा यस लेखकलाई अचम्म लागेको छ ।

नेपालको चर्चित टेलिभिजनमा एक नेकपा नेतृले आफ्नै आङ कन्याएर छारो उडाएर दुनियाँ हँसाएको पनि देखियो । राष्ट्रपतिका विज्ञ सल्लाहकारको विचार प्रस्तुतिलाई बीचैमा अवरोध गर्दै तिनले देखाएको हर्कत उनीअनुसार ठीकै भए पनि पार्टीको उचाइ र औकातअनुसार लज्जाजनक रहेको थियो । सर्पको दाँतमा, बिच्छीको पुच्छरमा र दुष्ट मानिसको शरीरभरि विष हुन्छ भनेझैँ हुनगयो भने त्यसले अवश्य सर्वनाश गर्छ । कुनै पनि मानिस, नेता र कार्यकर्ताको शरीरभित्रै विद्यमान विषाणु र जीवाणु तत्वमध्ये जुन प्रभावी हुन्छ । त्यसैले जीवन र मरणको निक्र्यौल गर्छ ।

थापाले भनेझैँ पार्टीमा विजातीय तत्व हाबी हुनगयो भने यो मूल्यवान् अवसर गुम्न सक्छ । माओले भनेझैँ एकपल्ट आएको अवसर गुमाइयो भने त्यसैले पराजयको गम्भीर मोडमा पु¥याउँछ । संसारकै कम्युनिस्ट पार्टीमा यस खालका उपर्युक्त दुई खालका विपरीत तत्व र प्रवृत्तिका बीच ठूलो द्वन्द्व भएको र यस्ता प्रवृत्तिलाई आखिरमा पराजित गर्दा मात्र आन्दोलन सुरक्षित भएको देखिन्छ । पार्टी विरोधी गुरु योजनामा लागेका चिनियाँ वरिष्ठ नेता झाओसहित वैज्ञानिक फाङ लिझी, वाङ रुओवाङ, फाङलिभीलाई तङसियाओ पेङको नेतृत्वले पार्टीबाट निष्काशन गरेको इतिहास साक्षी छ ।

नेकपा स्थायी समिति सदस्य तथा सांस्कृतिक उन्नत चेतका व्यक्तित्व कमरेड मणि थापाले हालै रिपोर्टस् क्लबमा पार्टी स्थायी समितिमा उत्पन्न विवादमा आफू अमुक गुटपरस्त नभएको बताउनुभयो । उहाँले सदा सर्वदा कुनै नेताका नकारात्मक पक्षमात्र उधिन्ने भन्दा इस्यु वाइज आलोचना गर्ने कम्युनिस्ट मूल्य उल्लेख गर्नुभयो ।

यस लेखकले थापाका अभिव्यक्तिहरूलाई पच्छ्याइरहेको हुँदा उहाँका विगतदेखिका गतिविधिहरूले थापामा कम्युनिस्ट आदर्श विद्यमान रहेको देखेको छ । यसै परिप्रेक्षमा स्थायी समितिमा उन्पन्न विवादका सन्दर्भमा थापालगायत केही नेताको अभिव्यक्ति विभाजनकारी देखिँदैन । कतिपय नेतामा कम्युनिस्ट आदर्श स्खलित भएको देखिन्छ तर थापामा कम्युनिस्ट आदर्श बलशाली रहेको पाइन्छ । एउटा कम्युनिस्ट नेता अनेक खालका संकट र संगीन घडीमा पनि सतीसालझैँ खडा हुन्छ । संकटका बेला मात्र नेतृत्वको पहिचान हुन्छ भनेझैँ थापाले आफ्नो पहिचान हालसम्म स्थापित गरेको देखिन्छ ।

प्रचण्ड वा ओली जसकसैका पनि कमजोरी छोपेर पार्टी सही रूपमा अगाडि बढ्न सक्तैन । आलोचना ओखती हो र आलोचना ठीक समयमा गर्नुपर्छ भन्ने माओको मान्यतालाई थापाले अनुुसरण गरेको देखिन्छ । स्रष्टाहरूलाई सम्बोधन गर्दै उहाँले गलत कामको विरोध हुनु र गर्नु युनिभर्सल कुरा हो भन्नुभएको थियो । यसरी नै केही समयअघि नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रलेसले आयोजना गरेको कार्यक्रममा मणि थापाले आश र त्रासमा नपरी गोर्की र लु स्युनले जस्तै माओ र लेनिनसित तर्क र तथ्यका आधारमा खुला बहस गर्न लेखकहरूलाई आग्रह गर्नुभएको थियो ।

आश, त्रास र बतासमा पनि हलचल नगरी आन्दोलनको रक्षाका लागि आआफ्ना क्षेत्रबाट सक्रिय भूमिका निर्वाहका लागि उहाँले आग्रह गर्नुभएको थियो । सभामा उपस्थित स्रष्टाहरूबाट उठाइएका कतिपय छिचरा प्रश्नमा आधारित भएर मणि थापाले, सरकारले डेलभरि दिए पनि दिमाग डेलिभरि दिन सक्तैन भन्दै बुक र लाइफ फिलोसफीले मात्र केही हुँदैन भन्दै कटाक्ष गर्नुभएको थियो ।

यो कुरा अहिले स्थायी समितिका कतिपय उत्तेजक अभिव्यक्ति प्रदान गर्ने नेताहरूलाई पनि लागू हुने देखिन्छ । । अहिलेको अन्तरिम पार्टीलाई आगामी चैतभित्र एकता महाधिवेशन सम्पन्न गर्नुपर्ने महान् दायित्वलाई तुहाएर अग्रगमन हुँदैन भन्ने आशय थापाको देखिन्छ । यतिबेला ससाना छिद्र खोजेर पार्टी र सरकारमा भ्वाङ पारी महाधिवेशनसम्म पनि पर्खिने धैर्य नराख्ने एकाध उपल्ला तहका नेताहरूलाई थापाको कम्युनिस्ट आदर्श उनीहरूको नितान्त निहित तथा निजी स्वार्थका लागि ठूलो अवरोध हुनसक्छ ।

जहिले तहिले अतिसंकीर्ण चिन्तन राखी गुटगत नेताको फेरा समातेर सैसला खेल्दै विखण्डनकारी गतिविधिमा नितान्त निजी स्वार्थ साधना गर्न उद्यत नेताभन्दा थापा पृथक देखिनुहुन्छ । पार्टी महाधिवेशनका बेला स्वाभाविक रूपमा हुने गुटकै कुरा गर्ने हो कार्लमाक्र्स, पुष्पलाल र जननेता मदन भण्डारीको गुट थियो र हो र अरूहरूको थियो र हुनेछ तर कुन सैद्धान्तिक वैचारिक हो कुनचाहिँ अवसरवादी हो भनेर भन्ने बेलैमा बुझ्न सकिएन भने कुहिराको काग बन्ने अवस्था आउँछ ।

कुनै पनि नेता वा कार्यकर्ता राजनीतिक तथा राजकीय क्षेत्रबाट शिखर व्यक्तित्व बन्ने आकांक्षाका साथ क्रियाशील हुन्छ भने त्यसले धेरै त्याग गर्न सक्नुपर्छ यस्ता व्यक्तित्वले नै दूरगामी महत्वका विशिष्ट काम गर्नसक्छ । पुष्पलाल र जननेता मदन भण्डारी मन्त्री वा प्रधानमन्त्री भएर भावी पुस्ताका लागि स्मरणीय र आदरणीय व्यक्ति भएका होइनन् ।

थापाले पहिले संकेत गरेझैँ पार्टीका उपल्ला तहका कतिपय नेताहरू ओली सरकारका विरुद्ध गुप्त षडयन्त्रमा लागेको नेकपा केन्द्रीय सदस्य राजेन्द्र गौतमले एक लेखमार्फत् उल्लेख गर्नुभएको देखिन्छ । एक अनलाइन पत्रिकामा उहाँले नेकपा भित्रको विवादको बहस विचार कि सत्ताकब्जा ? शीर्षक लेखमा गुटगत षड्यन्त्रको तिथि, मिति र स्थानसहित फेहरिस्त प्रस्तुत गर्नुभएको छ । पार्टीभित्र रहेका विजातीय प्रवृत्ति हाबी भएकाले तिनको उछित्तो काड्दै सजातीय तत्वलाई सह्राहना गर्ने क्रममा यो लेख लेखेको हो । किनभने विजातीय तत्वलाई एकलौटी रूपमा फैलिन दिइयो भने त्यसले भुइँतहमा अनेक भ्रम छरेर आन्दोलनलाई गम्भीर क्षति गराउँछ ।

वरिष्ठ नेता माधवकुमार नेपालले भनेझैँ पार्टी विधि, नीति र नियमअनुसार चलेको छैन भन्ने भनाइ पार्टीको अन्तरिम विधान विपरीत देखिन्छ । यो पार्टीको सामान्य कालखण्ड होइन । विधि र पद्धतिको कुरा गर्ने हो भने पार्टीमा दुई अध्यक्ष हुँदैन । दुवै अध्यक्षले पार्टीका आधिकारिक पत्रमा संयुक्त हस्ताक्षर गर्ने, संयुक्त अध्यक्षता गर्ने आदि हुँदैन । प्रस्तावित विधानको मर्म दुई पार्टीमा दुई अध्यक्षमार्फत् सहमति र समझदारी कायम गरेर अहिले पार्टी र सरकार सञ्चालन गर्ने हो र पार्टीले यसमा आलोचनात्मक चेतका साथ सहयोग गर्ने हो ।

एकता महाधिवेशन अघिसम्म यसरी नै चल्ने भनेर नेपाललगायत नेताले ल्याप्चे लगाएको हो । त्यसैले केही दिनअघि स्थायी समिति सदस्य तथा माननीय मन्त्री घनश्याम भुसालले स्थायी समितिको भेलामा अल्पमत र बहुमतका आधारमा अहिले कुनै फैसला गर्नु हुँदैन भनेर महत्वपूर्ण अडान लिनुभएको हो । तर, त्यही अर्का डा. भुसाल यसै विषयमा आवेश र उत्तेजनामा आएको थाहा भयो । डा. भुसाल भने नितान्त गुटगत आग्रहमा जबजका बारेमा आफैँले अनुसन्धान गरेका निष्कर्ष विपरीत एक मिडियामा आफ्ना धारणा राख्तै हुनुहुन्थ्यो ।

प्रतिक्रिया