खिमको पहिलो गीत ‘निष्ठुरी’

काठमाडौं । नजिकिँदो तिजको अवसर पारेर नेपाली संगीत बजारमा दिनहुँजसो दर्जनौं तिज गीत सार्वजनिक भइरहेको छ । कोरोनाका कारण लगाइएको लकडाउनले प्रभावित बनेको नेपाली सांगीतिक बजारमा अहिले कोरोनासम्बन्धी अन्य गीत पनि आइरहेका छन् ।

यसैमेसोमा ‘रोल्पाली दाइ’ खिम घर्ती मगरले आफ्नो पहिलो गीत ‘निष्ठुरी’ ल्याएका छन् । उनको ‘गैरी खेतमा जौं, निष्ठुरी मायालाई बिर्सनै भो धौ’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा खिम र सोनिया डिसीको आवाज रहेको छ ।

गीतमा वीरेन्द्र खड्का ‘बेस्टु’ को शब्द तथा संगीत रहेको छ । वीरेन्द्र वलीको निर्देशन, प्रकाश खड्काको छायांकन र दिपक विष्टको सम्पादन रहेको गीत जलजला टिभीले बजारमा ल्याएको हो । गीतको भिडियोमा वीरेन्द्र वली र शशिकला राईको अभिनय छ ।

प्रतिक्रिया