सम्झनाको गीतमा टिका र निर्मलको ठुम्का

काठमाडौं । गायिका सम्झना पुन मगर, भूमसरी पुन मगर तथा गायक राजु सुनाम र गोविन्द पराजुलीको संयुक्त आवाजमा ‘चकचके’ बोलको तीज गीत बजारमा आएको छ ।

उक्त गीतमा गायक राजु सुनामकै शब्द सिर्जना र संगीत रहेको छ । त्यस्तै, गीतको भिडियोमा मोडल टिका जैसी, निर्मल क्षेत्री र रेशम चिडीले झुमेर ठुम्का लगाउँदै अभिनय गरेका छन् ।

त्यसैगरी, बिक्रम चौहानले निर्देशन गरेको भिडियो प्रकाश खड्काले छायांकन गरेका छन् । मायापे्रमका मौलिक शब्द गीतमा बुनेर बजारमा ल्याएको गायिका सम्झनाले बताइन् । यसभन्दा अगाडि पनि दर्जनको हाराहारीमा विभिन्न गीत बजारमा ल्याइसकेको उनको भनाइ छ ।

‘प्रेमी र प्रेमीकाबिच हुने मायाप्रेमका प्रसंगलाई गीतमा समावेश गरे सबैलाई नचाउने खालको गीत र भिडियो बजारमा ल्याएका छौँ,’ सम्झनाले भनिन् । दर्श स्रोताले पनि गीत र भिडियोलाई मन पराउने आशा गरेको सम्झनाले विचर व्यक्त गरिन् ।

प्रतिक्रिया