गीतमा सीमा मिच्नेलाई खबरदारी

काठमाडौं । भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि विभिन्न स्रष्टाले गीत संगीतमार्फत त्यसको विरोध गरेका छन् । यसैबीच गायक आनन्द कार्कीले सीमा अतिक्रमणसँग सम्बन्धित रहेको देशप्रेमले ओतप्रोतयुक्त गीत सार्वजनिक गरेका । उनले देशको सीमा मिच्नेलाई कुनै हालतमा नछाड्ने प्रतिज्ञासहितको गीतको भिडियो ल्याएका छन् ।

डा. कृष्णहरि बरालको शब्द रहेको उक्त गीतमा कमल आनन्दले संगीत भरेका छन् । ध्वनिमिश्रण भोला पौडेलले गरेका छन् । गीतको भिडियोमा वीरेन तितुङको सिनेम्याटोग्राफी र सम्पादक लोकेश भाटको सम्पादन रहेको छ । गीतमा प्रत्येक नेपाली आफ्नो देशप्रति आफैंमा विनाबर्दीका सच्चा पहरेदार भएकाले देशद्रोही र सीमा मिच्नेलाई कुनै हालतमा छाड्न नहुने भाव प्रस्तुत गरिएको छ ।

सरकारले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गरेपछि त्यसैको छेको पारेर गायक कार्कीले यो गीत सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया