प्रधानमन्त्री ओलीको खुशी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी अहिलेलाई कोरोना संक्रमितमुक्त भएकोमा खुशी व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटरमा कोरोना भाइरसबाट संक्रमित बृद्धा ८१ वर्षीया महिला कोरोना संक्रमणबाट निको भएर घर फर्किएकोमा अहिलेलाई काठमाडौं उपत्यका कोरोना संक्रमितमुक्त भएको भन्दै खुशी व्यक्त गरेका हुन् ।

‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौं उपत्यका हाललाई कोरोना विरामी मुक्त भएकोमा सन्तोष लागेको छ’, उनले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया