इलाम २ काे पछिल्लाे अपडेट

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेको अग्रता फराकिलो बन्दै गएको छ । पछिल्लो अपडेटअनुसार २१ हजार ८५४ मत गनिसक्दा एमालेको सुहाङ नेम्वाङ ८८९८ मतसहित अगाडि छन् ।

उनलाई कांग्रेसका डम्बर खड्काले ६२८० मतले पछ्याइरहेका छन् । उनीहरुबीच २६१८ मतको फरक छ । त्यस्तै, पहिचान पक्षधरका डकिन्द्र सिंह थेगिमले ४६३४ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले १३०५ मत ल्याएका छन् ।

प्रतिक्रिया