इलाम-२ अपडेट : ७६७७ मतसहित सुहाङकाे अग्रता कायमै

काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ को मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले सात हजार ६७७ मत ल्याएर पहिलो स्थानमा अग्रता कायम राखिरहेका छन् ।

उनलाई नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले पछ्याइरहेका छन्। उनले पाँच हजार ३९५ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर २ हजार २८२ रहेको छ।

पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम तेस्रो स्थानमा छन् । उनले चार हजार ५८ मल ल्याएका छन् । त्यस्तै, रास्वपाका मिलन लिम्बू चौथो स्थानमा छन् । उनले १ हजार १ सय ६२ मत ल्याएका छन् ।

प्रतिक्रिया