बझाङमा एमालेका भण्डारीलाई पछि पार्दै कांग्रेसका सिंहको अग्रता

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह २४९ मतले अग्रता लिएका छन् । उनले सात हजार ४८६ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले सात हजार २३९, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले दुई हजार ८९४ तथा नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार १०२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

हालसम्म छविसपाथिभेरा गाउँपालिका, थलारा गाउँपालिका–९, खप्तडछान्ना गाउँपालिका, जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिकाको मतगणना सम्पन्न भएको छ ।

बझाङ प्रदेशसभा (क) मा मा भएमको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको थियो । सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेका थिए । उपनिर्वाचनमा ११ उम्मेदवारले चुनावी प्रतिष्पर्धामा भाग लिएका छन् ।

प्रतिक्रिया