कोरोना संक्रमित गायिका कनिका कपुर डिस्चार्ज

एजेन्सी । विवादमा तानिएकी कोरोना संक्रमित भारतिय चर्चित गायिका अपस्तालबाट डिस्चार्ज भएकी छन् । लखनउस्थित एसजीपीजीआई अस्पतालमा करिब दुई हप्तादेखि भर्ना भएकी गायिका कनिका कपुरलाई कोरोना भाइरसको लगातार दुईवटा रिपोर्ट नेगेटिभ आएपछि सोमबार अस्पतालबाट डिस्चार्ज गरिएको स्राेतले जनाएको छ ।

उनको पाँचपटक कोरोना परीक्षण गरिएको थियो । बलिउड गायिका कपुरलाई लखनउको किंग जर्ज मेडिकल विश्वविद्यालयमा कोरोना संक्रमणको पुष्टि भएपछि २० मार्चमा अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया