फिदिमका वडाध्यक्षले बाँडे हरियो साग

पाँचथर । लकडाउका बेला फिदिम बजार बासिलाइ हरियो साग वितरण गरीएको छ । फिदिम नगरपालिकामा शनिबार लाग्ने बजार नलागेपछि एक नम्बर वडा अध्यक्ष गजाधर भट्टराईले हरियो साग वितरण गरेका हुन् । लकडाउनको अवस्थामा बजारवासिहरूले असहज भोगिरहेको अवस्थामा गाउँ–गाउँबाट साग संकलन गरी घररूघरमा निःशुल्क वितरण गरीएको अध्यक्ष भट्टराईले बताए ।

अध्यक्ष भट्टराईले शनिबार १४ सय घर परिवारलाइ हरियो साग वितरण गरेका हुन् । बजारका केही व्यवसायी तथा समाजसेविहरूको आर्थिक सहयोग हुने उनले अपेक्षा गरेका छन् । लकडाउनका बेला आफू र अन्य नागरीकलाई सुरक्षित तरीकाले साग वितरण गर्न स्थानिय प्रशासनमा समन्वय गरी ढुवानी गरिएको अध्यक्षले भट्टराईले बताए ।

उनले करिब २० हजार बराबरको हरियो रायोे साग वितरण गरेको जानकारी दिए । अध्यक्ष भट्टराई बिहानै फिदिम नगरपालिका, असिने, ढोडेनी, नाम्दु , मालबाँसे रानिटारलगायत क्षेत्रमा साग संकल गर्न किसानहरूको साग बारीमा पुगेका छन् । लकडाउन लम्बिने भएकाले बजारवासिलाई सहजताका लागि टोलटोलमा तरकारी पसल स्थापना गरी सुलभ मूल्यमा व्यवस्था मिलाइने उनको भनाइ छ ।

अध्यक्ष भट्टराईले गाडिमा ल्याएर प्रत्येक घर–घरमा एक एक मुठा हरियो साग बाँडेका हुन् । उनले सागसब्जीलाइ ढुवानी र व्यवस्थापनका लागि निरन्तरता दिइने बातए । यता नगरपालिकाले कोरोना भाइरसका किटाणु मार्ने विलिपिङ पाउडर छर्किएको छ । छर्किने व्यवस्थापनमा वडा नम्बर ४ का अध्यक्ष प्रकास गुरुङले बजार तथा कोरेन्टाईन क्षेत्रहरूमा छर्किएका हुन् ।

प्रतिक्रिया