शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार घिमिरेलाई

काठमाडौं । नेपाल पत्रकार महासंघ सौर्य प्रतिष्ठान शाखाले ‘शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार विन्दुकान्त घिमिरेलाई प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ सौर्य प्रतिष्ठान शाखाको तेश्रो अधिवेशनको अवसरमा सोमबार उनलाई पुरस्कृत गरिएको हो ।

सौर्य दैनिकको प्रधान कार्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारी, सौर्य दैनिकका प्रधान सम्पादक बोधराज त्रिपाठी, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र नेपाल पत्रकारमहासंघ सौर्य प्रतिष्ठान शाखाका अध्यक्ष इश्वरी काफ्लेले संयुक्त रुपमा सो पुरस्कार हस्तान्तर गरेका थिए । गतबर्ष सौर्य दैनिकको वार्षिकोत्वसको अवसरमा घोषणा गरिएको थियो । प्रत्येकबर्ष वार्षिकोत्सवको अवसरमा प्रदान गरिने यो पुरस्कारको राशी २० हजार रहेको छ । सम्मानित भएका पत्रकार घिमिरे विगत ३ दशकयता पत्रकारीता क्षेत्रमा निरन्तर कलम चलाउदै आएका छन् ।

स्वर्गीय पत्रकार कार्की सौर्य दैनिकमा कार्यरत रहेकै बेला २०७८ जेष्ठ १ गते ३४ वर्षको उमेरमा कोरोना संक्रमणका कारण निधन भएको थियो । झापाका स्थायी वासिन्दा कार्की विगत डेढ दशकदेखि काठमाडौंमा रही पत्रकारितामा सक्रिय थिए । प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यसमेत रहेका कार्की सौर्य दैनिकमा सहसम्पादकको जिम्मेवारीमा थिए ।

प्रतिक्रिया