राष्ट्रिय प्रसारण नियमावली २०८० राजपत्रमा प्रकाशित (पूर्णपाठ)

नवीकरण गर्न छुटेका रेडियोहरूले एक महिनाभित्र निवेदन दिएमा नवीकरण शुल्क पूर्ण छुटसहित नवीकरणको व्यवस्था

काठमाडौँ । राष्ट्रिय प्रसारण नियमावलीको १२औँ संशोधन राजपत्रमा प्रकाशित भएको छ । आइतबार प्रकाशित राष्ट्रिय प्रसारण (१२औँ संशोधन) नियमावली, २०८० मा यो वर्ष नवीकरण गर्न छुटेका रेडियोहरूले एक महिनाभित्र निवेदन दिएमा नवीकरण शुल्क पूर्ण छुटसहित नवीकरणको व्यवस्था गरिएको छ ।

वर्षौँदेखि नवीकरण गर्न नसकेका रेडियोहरूका लागि पनि एक महिनाभित्र निवेदन दिएमा एक पटकका लागि नवीकरणको व्यवस्था गरिएको छ । यसअघि हरेक महिना दश प्रतिशतका दरले शुल्क बढ्दै जाँदा लाखौँ जरिवाना तिर्नुपर्ने भएकाले त्यस्तो रकम तिर्न नसकेकाहरूले पनि २ प्रतिशतका दरले जरिवाना शुल्क तिरेर नवीकरण गर्न पाउने छन् ।

टावर र फ्रिक्वेन्सी नल्याएर कसैले अनलाइनबाट मात्रै रेडियो सञ्चालन गर्न खोजेको खण्डमा पहिलो पटक अनलाइन रेडियोलाई कानुनी मान्यता दिइएको छ । यस्तै ओटीटीलाई नियमनमा ल्याइएको छ ।

प्रतिक्रिया