मेलिनाको स्वरमा ‘शुभकामना’

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ का कारण नेपाली चलचित्र उद्योग पूर्णरुपमा प्रभावित भए पनि नेपाली सांगीतिक क्षेत्रमा गीत भने सार्वजनिक भइरहेका छन् ।

यसैक्रममा ड्रिम्स गेट इन्टरटेन्टमेन्टले गायिका मेलिना राईको स्वर रहेको ‘शुभकामना’ बोलको गीत सार्वजनिक गरेको छ । कवि तथा गीतकार भावेश भुमरीको शब्द तथा रोशन गुरुङको संगीत रहेको गीतको भिडियोमा मोडल अञ्जली अधिकारी र बालकलाकार एरिक बि शाहको अभिनय छ । गौरव गिरीले निर्देशन गरेको भिडियोमा सुरेश राउतको सम्पादन र उत्तम हुमागाईको सिनेमाटोग्राफी रहेको छ ।

ड्रिम्स गेटले अन्य हिट गायक गायिकाको स्वरमा रहेको गीतको म्युजिक भिडियो निर्माण गरिरहेको र छिट्टै रिलिज गर्दै जाने प्रोपाइटर ईश्वर थापाले जानकारी दिए । उनले यो गीतलाई स्रोता, दर्शक एवं मिडिया हाउसले सहयोग गर्ने अपेक्षा राखेको बताए ।

प्रतिक्रिया