देवी देउताको रोचक मायालु प्रेम संसार

‘परमात्मा पूजाको होइन, प्रेमको भोको छ ‘
स्वामी दयानन्द

जसले ज्वलन्त उदाहरणको रुपमा हामी लैला र मजनु, रोमियो र जुलियट , शिव र पार्बती, श्रीकृष्ण र राधा अनि राम र सीताको जोडीलाई लिन सक्दछौं। हामीले यस लेखमा देवता चन्द्रदेवको प्रेम रोमान्स जो हामी मध्ये धेरैलाई थाहा नहुन सक्दछ, त्यसलाई प्रष्ट पार्ने जमर्को गरेका छौं। यस लेखबाट पाठकहरुलाई देवी देउता पनि प्रेममा अर्थात सुन्दरीप्रति कति कमजोर हुन्छन्, उच्छृंखल हुन्छन् र प्रेम रोमान्समा लिन हुन चाहन्छन् त्यसबारेमा स्पष्ट हुन्छ

वास्तवमा भन्ने हो भने आदिम कालदेखि नै मनुष्यदेखि देउतासम्म सबै चोखो माया बन्धनमा बाँधिएका छन् भन्दा अत्युक्ति हुने छैन । जसले ज्वलन्त उदाहरणको रुपमा हामी लैला र मजनु, रोमियो र जुलियट , शिव र पार्बती, श्रीकृष्ण र राधा अनि राम र सीताको जोडीलाई लिन सक्दछौं। हामीले यस लेखमा देवता चन्द्रदेवको प्रेम रोमान्स जो हामी मध्ये धेरैलाई थाहा नहुन सक्दछ, त्यसलाई प्रष्ट पार्ने जमर्को गरेका छौं। यस लेखबाट पाठकहरुलाई देवी देउता पनि प्रेममा अर्थात सुन्दरीप्रति कति कमजोर हुन्छन्, उच्छृंखल हुन्छन् र प्रेम रोमान्समा लिन हुन चाहन्छन् त्यसबारेमा स्पष्ट हुन्छ ।

एक दिनको कुरो हो, चन्द्रदेव विहानको समयमा आफ्नो गुरु वृहस्पतिको दर्शन गर्नको खातिर घरबाट बाहिर निस्किएका थिए । उनी सुधापन र सुन्दरीहरुप्रति अत्यन्तै लालायित थिए, सुधापन र सुन्दरीहरुसँग विहार गर्दा नै धेरैजसो समय व्यतित हुने हुँदा उनलाई आफ्नो गुरुको सम्झना कमै मात्र आउने गर्दथ्यो। उक्त दिन ( जुन दिन उनी गुरुलाई भेट्न निस्किएका थिए ) उनी बषौं देखि भेट नभएको आफ्नो गुरु वृहस्पतिको स्मरण आएकोले गुरुलाई दर्शन गर्न उनी त्यस ििदन गुरुको घर जाने अभिलाष बोकेर गरुको घरतिर प्रस्थान गरेको थिए ।

आफ्नो पुष्प बाटिका रथ लिएर चन्द्र्रदेव घरबाट बाहिर मात्र के निस्केका थिए , उनले हातभरि फुलले सजिएकी एक सुन्दरी देख्न पुगे , उनीमा सुन्दरी मोह जागृह भयो । उनले उक्त सुन्दरीलाई देख्न परे, उनमा सुन्दरी मोह जागृत भयो । उनले उक्त सुन्दरुलाई हेरेको हेर्यै गर्न पुगे, जसबाट उक्त सुन्दरी लजाइन् र आफ्नो लजालु मुस्कान चन्द्रदेवतिर फ्याकिन ।

यसबाट चन्द्रदेव झन् उत्साहित भए र रथबाट झरी उक्त सुन्दरीको नजिकै पुगेर “ तिमी को हौ सुन्दरी ? ” भनेर उनले आफ्नो प्रश्न उक्त सुन्दरीतर्फ तेर्साए र यसको बदलामा उनले उक्त सुन्दरीबाट“म गुरु वृहस्पतिको पत्नी तारा” भन्ने उत्तर पाए । त्यसपछि उक्त सुन्दरी ( तारा) पनि पुनः बोलिन् –“ अनि तपाई को हुनुहुन्छ नि ? ” त्यसपछि चन्द्रदेवले भन्ने –“ उही क्या त म चन्द्रदेव” त्यस समयमा चन्द्रदेवको मुहार चम्किलो थियो ।

सुन्दरी ( तारा) पनि के कम उनी पनि चन्द्रदेवको तारिफ गर्न पछि परिनन् उनले चन्द्रदेवलाई भनिन् ‘वास्तवमा तपाई अत्यन्तै सुन्दर हुनुहुन्छ , तपाईलाई धेरै पटक देखेको थिएँ तर तपाई जस्तो श्रेष्ठ देवसँग प्रत्यक्ष भेट हुने अवसर बल्ल पाएकोले तपाइलार्ई मैले उक्त प्रश्न गरेको हुँ । साँचो अर्थमा भन्ने हो भने तपाईको मुहार कमलको जस्तो , ओठ दाडिम पुष्प जस्तो र नयन हंसराज पुष्प जस्ता छन् , तपाईको अगाडि हामी जस्ता फुलहरुको के महत्व ? ” यसरी सुन्दरीबाट पहिलो पटक यति धेरै तारिफ पाएकोमा आफुलाई अत्यन्तै शौभाग्यशाली ठान्न थाले, कता कता उनमा अहंकार पनि पलाउन थाल्यो ।

उनमा उक्त सुन्दरीप्रतिको प्रेमोभाव छताछुल्ल भएर आयो र उनले भन्न पुगे–“तिमी जस्ता सुन्दरी सुन्दरी मनमोहक फुलहरुको अधिकार हामी जस्ता सुन्दर युवकहरुलाई मात्र छ ,, त्यस्ता हेदै हैजाले लैजाला जस्ता बुढा गुरुहरुलाई होइन ” भन्दै फुलको थालीलाई एकातिर राख्दै ताराको स्याउ झैं गालामा मायालु पाराले एक थप्पड प्याट्ट पारे चन्द्रदेवले । ताराले पनि चन्द्रदेवको प्रतिवाद गर्नुभन्दा सहमति स्वरुप मुसुक्क मुस्कुराइन् । अव भने चन्द्रदेव अझ उत्साहित भए ।

उता तारा पनि चन्द्रदेवको सुगठित शरीर र आकर्षक हाउभाउले आकर्षित भइसकेकी थिइन। तारालाई पनि कता कता मायाका छालहरु उर्लेको अनुभव हुन थाल्यो । चन्द्रदेव र तारा दुवै अत्यन्तै रोमाञ्चित हुन पुगे। चन्द्रदेव ताराको सुन्दरतादेखि लठ्ठ पर्न पुगे भने तारा चन्द्रदेवको सुगठित शरीरले आकर्षित हुन पुगिन् , त्यसै बखत चन्द्रदेव भन्न थाले –“ हेर तारा,तिम्रो यो रुप , यौवन त्यो जुकाले चुसे जस्तो बुढालाई होइन , तिम्रो लागि त हामी जस्ता खाइलाग्दा युवकको खाँचो छ । तिमीले त रेशमी शैयामा मृदु सुगन्ध छरेर आनन्द लिनु पर्दछ । ” यति भन्दै चन्द्रदेवले तारालाई आफ्नो रथमा राखे र आफ्नो घरतिर लगे । लजाउँदै ताराले पनि चन्द्रदेवको काँधमा मुख लुकाउँदै रथमा सुटुक्क लागेर बसिन् ।

चन्द्देवले सुन्दरी मोहका कारण आफ्नै गुरुका पत्नी तारालाई आफ्नो घर लान पछि परेनन् , त्यसो त तारा पनि तन्देरीहरुको मोहले लालायित नभएको होइन । उता वृहस्पति भने आफ्नो पत्नी घर नआएको र तारा चन्द्रदेवसँग काँधमा टाउको अड्याउँदै रथबाट चन्द्रको घरतिर गएको कुरा थाहा पाएको कुरा थाहा पाएपछि त वृहस्पति पागल जस्तै भए ।

हुन पनि हो आफ्नो श्रीमती ( तारा) को आफ्नै शिष्यसँगको इहलिलाले गुरु वृहस्पतिलाई चिन्तित तुल्याउनु स्वभाविकै हो । चन्द्रदेव र तारा एकअर्कामा रोमाञ्चित हुदै प्रेम बाहुमा बाधिएर थुप्रै दिन विताए । आफ्नो बूढो श्रीमनबाट तारा पनि असन्तुष्ट थिइन । आफ्नो असन्तुष्टिको प्यास ताराले चन्द्रसँग मेटाइन् । चन्द्रदेवले भमरा बनेर ताराको फुल रस चुस्नु सम्म चुसे र तारा पनि सन्तुष्टि नै भइन् । यसबाट देउताहरु पनि प्रेममा रोमाञ्चित हुन्छन् भन्ने स्पष्ट हुन्छ ।

मनुष्य मात्र होइन , देवी देउता पनि प्रेममा रोमाञ्चित हुन्छन् , सुन्दरी सुन्दर मोहमा लिप्त हुन्छन् भन्ने थाहा हुन्छ ।तर आफ्नै गुरुकी पत्नी प्रति लिप्त हुनु चन्द्रदेवको कति भुल थियो त्यो त इतिहासको कठघराले प्रमाणित गर्ने नै छ । देवी देउताहरुले पनि स्वच्छ हृदयले माया गर्नु त उचित हो , तर प्रेमको सिसा नाघेर अन्य शारीरिक भावमा लिप्त हुनु भने देउताले नै गरे पनि उचित भन्न मिल्दैन , त्यो पनि आफ्नै ग्ुरुकै श्रीमतीसँग ।

तसर्थ हामी जस्ता प्रेममा विश्वास राख्ने युवायुवतीहरु स्वच्छ हृदयले माया गर्दै दवी देवताले गरेका भुलबाट पनि पाठ सिक्दै अगाडि बढेमा हाम्रो भविष्य अझ उज्ज्वल हु्नेछ । देवी देउताको रोचक प्रेम रोमान्सबाट प्रेम गर्न मात्र त राम्रो तर त्यस भन्दा अगाडि बढ्दा त सामाजिक परिवेशलाई पनि ध्यान दिनु पर्दछ । पवित्र प्रेममा कामवासनाको आशक्तिलाई मान्यता दिनु हुँदैन भन्ने कुरालाई भने हामीले भुल्नु हुँदैन । यस विषयमा त भगवानका स्वरुप पाएका चन्द्रदेव र तारा पनि सचेत हुनु पर्दछ भन्ने कुरा भन्दा अत्युक्ति नहोला , होइन र ?, …………………. धन्यबाद ।

प्रतिक्रिया