पशुपति साहित्य समाजको प्रथम वार्षिकोत्सव सम्पन्न

काठमाडौं । पशुपती साहित्य समाजको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । पशुपति बहुमुखी क्याम्पसका प्राध्यापक तथा वरिष्ठ कवि नारायण नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा चारजना साहित्यकाररूले आ–आफ्ना संग्रह वाचन गरेका थिए ।

कार्यक्रम औपचारिक र अनौपचारिक गरि दुई चरणमा गरिएको थियो । पहिलो चरणमा विशेष वाचन भएको थियो भने जसमा चोनाङ रोदुङले कविता, मिरा संकल्पले मुक्तक, उज्ज्वल ‘उजागर’ गौतम र अर्पना आपागाईंले गजल वाचन गरेका थिए ।

त्यस्तै दोस्रो चरणमा अन्य रचनाहरु वाचन भएका थिए । कार्यक्रममा क्याम्पस र क्याम्पस बाहिरका व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रम प्रत्येक महिनाको पहिलो शनिबार हुने पशुपति साहित्य समाजका सदस्यहरूले जानकारी दिए । कार्यक्रम पशुपति साहित्य समाजकै विद्यार्थीहरुकै सक्रियतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया