गोंगबुको होटलमा भेटियो ३१ वर्षीया युवतीको शव

काठमाडौं । गोंगबुमा एक जना युवतीको शव फेला परेको छ । मोरङको लेटाङ नगरपालिका-२ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, शुक्रबार गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा शव भेटिएको भन्दै खबर आएपछि उद्धार गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो । तर, चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गरेका थिए ।

प्रहरीका अनुसार, भण्डारी चन्द्रागिरि नगरपालिका-१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकाे खुलेकाे छ । कार्कीलाई पक्राउ गरिएको छ ।

प्रहरीसमक्ष कार्कीले दिएको बयानअनुसार, लामो समयसम्म ढोका नखोलेपछि कार्कीले होटलका अन्य व्यक्तिलाई बोलाएका थिए ।

त्यसक्रममा ढोका फुटाएर हेर्दा झुण्डिएको अवस्थामा फेला पारेपछि उनले पासो निकालेका थिए । त्यसपछि पुगेको प्रहरीले उनलाई अस्पताल लगेको थियो ।

भण्डारीकाे परिवारले अहिले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको छ ।

भण्डारीका श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया