हेटौँडा । कान्तिलोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका– १२ चौतारामा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार ठिंगन नजिकै अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा रौतहटको मौलापुर नगरपालिका– ६ का १७ वर्षीय विवेक साह र मकवानपुरको भिमफेदी गाउँपालिका– १२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट उद्धार गरि हेटौँडा ल्याइएका दुवै जनालाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त दुर्घटनामा बाराको निजगढ नगरपालिका– ६ का सन्दीप साहको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
मकवानपुर
प्रतिक्रिया