जनकपुरधाम । वरिष्ठ पत्रकार तथा साहित्यकार सुजित झाद्वारा मैथिली भाषामा लिखित थप एक पुस्तकको आवरण अनावरण गरिएको छ । मैथिली भाषाका अभियानी विशेष व्यक्तित्वको उपस्थितीमा उनको १६ औं कृति ‘अन्हार घरमे डिबिआ’ शब्दचित्रको आवरण अनावरण गरिएको हो ।
मधेस सरकारका पूर्वमन्त्री तथा प्रदेश सांसद रामसरोज यादव, संविधानसभा सदस्य डा. विजय कुमार सिंह, साहित्यकार रोशन जनकपुरी, मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरी सहितकाले सामुहिक रुपमा ‘अन्हार घरमे डिबिआ’ शब्दचित्रको आवरण अनावरण गरेका थिए ।
लेखक झाले पुस्तकको शनिबारबाटै काठमाडौंमा प्रकाशन सुरु भइसकेको बताउदै जेष्ठ १९ गते बिमोचनको लक्ष्य राखिएको बताए । उनले समाजमा हाल देखिने गरेको नाकारात्मकता मात्रको भिडमा केहि भएपनि सकारात्मकता चित्रण पुस्तकमा गरिएको बताए । ‘पत्रकारितामा धेरै जसो नकारात्मक समाचारहरु मात्र देखिन्छ,’ उनले भने, ‘म त्यसै भित्रबाट सकारात्मक कुराहरु निकाल्ने प्रयास यस पुस्तकमा गरेको छु ।’
सो अवसरमा बोल्ने क्रममा अभियानी दिपक ठाकुर, सुरेश शर्मा, श्यामसुन्दर शशी, श्यामसुन्दर यादव, परमेश्वर कापडि, रत्नेश्वर लाल कर्ण, सहितले शुभकामना दिएका थिए ।
सोहि अवसरमा निरन्तर हरेक महिनाको पहिलो शनिवार मैथिली विकास कोषद्वारा आयोजना हुदै आएको कथा गोष्ठीको पनि आयोजन गरिएको छ । जसमा जनकपुरधाममा विभिन्न विद्यालयका छात्रछात्राले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया