शेर्पाको ‘दिल बस्यो’ बजारमा

काठमाडौं । प्रेम दिवसको अवसर पारेर गायक कर्साङ शेर्पाको नयाँ गीत ‘दिल बस्यो’ भिडियो सार्वजनिक भएको छ ।

गणेश सुवेदीको शब्द, विक्रम थापाले संगीत भरेको गीतमा विशन मानन्धरको एरेन्ज तथा मिक्सिङ रहेको छ । जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा वर्षा शिवाकोटी र कर्साङ स्वयंले अभिनय गरेका छन् ।

भिडियोमा उत्सव दाहालको छायांकन तथा नवीन निरौलाको सम्पादन रहेको छ । गीतको भिडियो म्युजिक नेपालमार्फत सार्वजनिक गरिएको हो । सबै वर्गका स्रोता÷दर्शकलाई लक्षित गरी गीत ल्याएको गायक शेर्पाले बताए ।

गायक शेर्पाले यो गीत आफ्ना भाइ लामा टेण्डी शेर्पा जो नेपाल बास्केटबल संघका अध्यक्ष छन् उनलाई समर्पित गरेका छन् । उनी यतिवेला अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया