‘छपाक’को ट्रेलर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणको मुख्य अभिनय रहेको ‘छपाक’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । एसिड अट्याक सर्वाइभर लक्ष्मी अग्रवालको जीवनमाथि बनेको यो फिल्ममा दीपिकाले मालती नामकी एक साधारण युवतीको भूमिकामा निर्वाह गरेकी छन् ।

ट्रेलर निकै दमदार र इमोसनले भरिपूर्ण छ । ‘नाक छैन, कान छैन । फिल्ममा मनछुने धेरै सम्वाद समावेश गरिएको छ । मेघना गुलजारले फिल्मको निर्देशन गरेकी हुन् । फिल्ममा विक्रान्त मेसी पनि मुख्य भूमिकामा देखिनेछन् । फिल्म जनवरी १० मा रिलिज हुनेछ ।

प्रतिक्रिया