मूर्तिको पाठ्यक्रम

इटहरी । नेपालमै पहिलो पटक प्रदेश १ स्तरीय मूर्तिकला कार्यशाला तथा पाठ्यक्रम निर्माण हुने भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा इटहरी मेट्रिक्सले आयोजना गरेको उक्त कार्यशालामा प्रदेश १ का १२ जिल्लाका चार महिलासहित २८ जनाले मूर्तिकला विषयमा प्रशिक्षण लिएका थिए । साथै नेपालमै पहिलो मूर्तिकलाको पाठ्यक्रमसमेत निर्माण गरिएको मेट्रिक्स अध्यक्ष विक्रम श्रीले जानकारी दिए ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको १२ लाख र अन्य सम्पूर्ण खर्च आयोजक संस्थाले व्यहोरी कार्यशाला तथा पाठ्यक्रम बनाइएको विक्रम श्रीले बताए । इटहरीबाट पूर्व उत्तरमा रहेको सो मेट्रिक्स स्थानमा फाइवरजेल, धातु, जर्मन सिसा र आरसिसी गरी बनाइएका ८२ वटा मूर्ति छन् ।

ती मूर्ति प्रदेश १ मा ख्याति कमाएका मूर्तिकारदेखि अहिलेका नयाँ कलाकार समेतले बनाएका छन् । यस स्थानमा ‘द थिंकर’ युद्धपछि चिन्तनतर्फ युगलाई सम्बोधन गर्ने तथा ‘द पिस’ जस्ता मूर्तिका नयाँ आयामलाई हेर्न मिल्ने स्थानको रूपमा यसलाई विकास गर्ने योजनासमेत रहेको अध्यक्ष श्रीले बताए ।

प्रतिक्रिया