पर्यटनको इतिहास र नेपाली पर्यटन

निनाम कुलुङ ‘मंगले’

हाल पर्यटनलाई विश्वका प्रायः सबै मुलुकले उद्योगको रूपमा मान्यता दिइसकेको अवस्था छ । हाम्रो देशले पनि धेरै ढिला गरी केही वार्ष अघि मात्रै औपचारिक रूपमा यो विषयमा निर्णय गरेको थियो । जे होस्, विश्वका अधिकांश मुलुकका पर्यटन व्यवसायी र सरकारका लागि कम लगानी र लगभग शून्य जोखिममा खोलिने वा भनौँ सुरु गरिने र आमदानीको राम्रो स्रोतको रूपमा लिने गरिन्छ, पर्यटन उद्योगलाई ।

विश्वमा औपचारिक रूपमा पर्यटन व्यवसाय सुरु भएको इतिहास लगभग एकसय ८१ वर्षको भइसकेको छ । विश्वमा पर्यटन व्यवासाय औपचारिक रूपमा सुरु भएको सन् १८४१ मा हो । सो वर्ष बेलायती नागरिक थोमस कुकले व्यवस्थित र संगठित रूपमा निश्चित रकम लिएर आफ्नै देशका नागरिकहरूलाई देशभित्रै घुमाउन सुरु गरेका थिए । निश्चय नै त्यसअघि पनि विश्वका अनेक मान्छेहरूले अनेक खालका भ्रमणहरू गर्थे÷गरेका थिए । तर, ती मान्छेहरूले गर्ने भ्रमणहरू फरक–फरक उद्देश्यका लागि हुने गथ्र्यो । जस्तै धार्मिक, व्यापारिक, जासुसीलगायत अनेकखाले खोज–अनुसन्धानका लागि धेरै मान्छेहरू त्यो वेला पनि अन्य देशको भ्रमणमा निक्लन्थे ।

त्यसैले, बेलायती नागरिक थोमस कुकको भ्रमण टोलीलाई नै किन पहिलो पर्यटकीय टोली मानियो ? भन्नेतर्फ सानो गन्थन मन्थन गरौँ । थोमस कुकले सुरुमा आफ्नै मुलुक बेलायतका पर्यटकहरूलाई आफ्नै मुलुकको विभिन्न ठाउँको भ्रमण गराएर आन्तरिक पर्यटकको रूपमा भ्रमण व्यवसायको सुरुवात गरे । जसको पर्यटकीय वा भनौँ घुम्ने÷विदा मनाउनेबाहेक अरू कुनै उदेश्य थिएन । यसरी कुनै उद्देश्य, नाफा वा व्यक्तिगत स्वार्थ नलिई गराएको भ्रमण भएकोले उक्त भ्रमण टोलीलाई ‘पर्यटकीय टोली’ मानियो । यसरी स्वदेशकै आन्तरिक पर्यटकलाई घुमाउने व्यवस्था मिलाएर उनले ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसाय सुरु गरे । सोही कारणले गर्दा थोमस कुकलाई पर्यटन क्षेत्रको पिता नै मान्ने गरिएको छ ।

तत्कालीन राजा महेन्द्रले २०१७ सालमा राजनैतिक कू गरेपछिको सुरुताका केही विदेशीहरू अघि सरेर नेपालमा पर्यटन व्यवसायको सुरवात गरे । त्यसमा पनि बेलायती, जर्मन, जापानीज, स्वीस, रुसी, फ्रान्सिसी आदि विदेशी नागरिकहरूले नेपालको पर्यटन प्रवद्र्घन गर्नमा योगदान गरेको देखिन्छ, सुरुका दिनमा ।

तर, सुरुमा उनले पनि दीर्घकालीन योजनाविना नै भ्रमण व्यवसाय सुरु गरेकाले उक्त व्यवसायबाट नाफा होइन, घाटा खाए । यसरी घाटाको व्यापार कति समयसम्म गर्न सकिन्छ ? अतः उनले यसबाट पाठ सिकेर फेरि कमिसनको आधारमा ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसायको सुरुवात गरे । सुरुमा उनले लागत खर्चबाहेक पाँच प्रतिशत (खुद नाफा) कमिसन खान्थे । यसरी उनले सन् १८४५ मा फेरि कमिसन खाएर यो व्यवसाय सुरु गरेपछि उनले पछाडि फर्केर हेर्नु परेन । यसरी आन्तरिक रूपमा सुरु गरेको भ्रमण व्यवसायले राम्रो प्रगति गरेपछि उनले सन् १८७२ मा १० जना बेलायती नागरिकहरूलाई लिएर पर्यटकीय उद्देश्यका साथ विश्वका विभिन्न देशहरूमा भ्रमण गर्न निस्किए । यसरी लगभग एकसय ८१ वर्षअघि थोमस कुकले १० जना पर्यटक लिएर विश्वको विभिन्न देशमा पर्यटकीय उदेश्यले घुम्न निस्किए यता विश्वका अधिकांश मुलुकका अरबौँ मानिसहरूले विश्वका अधिकांश मुलुकका पर्यटकीय स्थलको भ्रमण गरे, पर्यटकीय उद्देश्यका साथ ।

यता हाम्रो देश नेपालमा भने लामो समयसम्म (१०४ वर्षे राणा शासनकालमा) विदेशीलाई (कूटनैतिक उद्देश्यबाहेक) नेपालको भ्रमण गर्न नै बन्देज लगाएकोले पयर्टनले छिटो र राम्रोसँग फस्टाउने अवसर पाएन । जसको असर हालसम्म पनि परिरहेको छ । २००७ सालमा आएको राजनैतिक परिवर्तनदेखि २०१५ सालसम्मको संक्रमणकालीन अवस्थामा पनि नेपालमा अपेक्षित रूपमा पर्यटनले फस्टाउने अवसर पाएन ।

तत्कालीन राजा महेन्द्रले २०१७ सालमा राजनैतिक कू गरेपछिको सुरुताका केही विदेशीहरू अघि सरेर नेपालमा पर्यटन व्यवसायको सुरुवात गरे । त्यसमा पनि बेलायती, जर्मन, जापानिज, स्वीस, रुसी, फ्रान्सिसी आदि विदेशी नागरिकहरूले नेपालको पर्यटन प्रवद्र्घन गर्नमा योगदान गरेको देखिन्छ, सुरुका दिनमा । ती विदेशीहरू, जो नेपाल आएर बसेका थिए, उनीहरू सुरुमा शुद्घ पर्यटन व्यवसायीको रूपमा भन्दा पनि कुनै न कुनै उदेश्यले नेपाल आएर बसेका थिए । जे भए तापनि नेपालको पर्यटनको विदेशमा प्रचारप्रसार र पर्यटन बजारको विस्तार गर्नमा विदेशीहरूबाटै सुरु भएको हामीले स्वीकार्नु पर्ने हुन्छ ।

निश्चय नै ३० वर्षे पञ्चायतकालमा पनि नेपालमा पर्यटन क्षेत्रमा जति प्रगति हुनु पर्ने हो, त्यति भएन । उता सन् १९८९÷९० मा आएको प्रजातान्त्रिक परिवर्तनसँगै नेपाल आउने विदेशी पर्यटकहरूको संख्याले पनि बल्ल लाखको संख्या नाघ्न थाल्यो । यसरी सन् १९८९÷९० मा नेपालमा आएको प्रजातन्त्रसँगै पर्यटनले पनि केही बढी महत्व पाएको मान्न सकिन्छ । यसबीचमा प्रजातान्त्रिक भनिएको सरकारले पनि नेपालको पर्यटनका लागि सरकारी तवरबाट खासै गर्व गर्न लायक काम गरेन, शिवाय हिमाल आरोहीबाट सक्दो सलामी दस्तुर लिने, पदयात्रा (ट्रेकिङ) र जलयात्रा (¥याफ्टिङ) मा जाने पर्यटकहरूलाई अनुमति दिएवापत उनीहरूबाट मनग्गे शुल्क असुल्ने, नियन्त्रित क्षेत्रबाट त झनै महँगो शुल्क लिने गन्थ्यिो भने अभैm पनि नियन्त्रित क्षेत्रबाट केही महँगो शुल्क दिने गरिेन्छ । त्योबाहेक तत्कालीन श्री ५ को सरकारले केही गरेको थिएन त ? स्वाभाविक प्रश्न उठ्छ । हो, पर्यटन क्षेत्रमा तत्कालीन श्री ५ को सरकारले गरेको काम हामीले गर्वका साथ भन्न सक्ने र बाहिरबाटै देखिने भनेको ‘पर्यटन बोर्ड’को गठन पनि एक हो । तर, त्यही बोर्ड पनि कहिलेकाही (राजनैतिक कारणले) वषौँसम्म काम गर्न असमर्थ नै किन नहोस् ।

समग्रमा हेर्दा ०६२÷६३ को तेस्रो जनआन्दोलनपछि नेपाल आउने विदेशी पर्यटकहरूको संख्या लगातार बढिरहेको भए तापनि ती पर्यटकहरूले नेपालमा आएर गर्ने दैनिक खर्च र, उनीहरूको नेपाल बसाई भने बढ्नुको सट्टा घट्दै गएको देखिन्छ । त्यसैले हामीले नेपाल आउने पर्यटकहरूको संख्या मात्रै होइन, उनीहरूले गर्ने दैनिक खर्च र नेपाल बसाइमा पनि कसरी बढोत्तरी ल्याउने ? यसतर्फ पनि विषेश ध्यान दिनुपर्ने जरुरी देखिन्छ । उता सन् २०१५ मा आएको प्राकृतिक विपत्ति भूकम्प र भारतको अघोषित नाकाबन्दीले नेपालका पर्यटन अरू थिलथिलिएको थियो । सन् २०१५ मा आएको प्राकृतिक विपत्ति भूकम्प र भारतको अघोषित नाकाबन्दीको असर स्वरूप सन् २०१४को तुलनामा सन् २०१५ मा नेपाल भ्रमणमा आएका पर्यटकको संख्या ३२ प्रतिशतले कमी आएको थियो । अर्थात् सन् २०१४ मा सात लाख ९० हजार १ सय १८ जना विदेशी पर्यटक नेपाल आएका थिए भने सन् २०१५ मा पाँचलाख ३८ हजार ९ सय ७० जना विदेशी मात्रै नेपाल आएका थिए ।

विदेशी पर्यटकको संख्या सन् २०१५ को तुलनामा सन् २०१६, २०१७ र २०१८ मा लगातार बढी रहेको भए तापनि उनीहरूको समग्र नेपाल बसाई अवधि र उनीहरूले नेपाल बसेको समयमा गर्ने गरेको दैनिक खर्च भने बढ्दो क्रममा होइन कि घट्दो क्रममा रहेको देखिन्छ । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । तर, उनीहरूले नेपालमा रहँदा गर्ने दैनिक खर्च भने सन् २०१७ को तुलनामा १८ प्रतिशतले घटेको थियो । स्मरणीय छ, सन् २०१७ मा औसतमा एकजना विदेशी पर्यटकले आप्mनो नेपाल बसाइको क्रममा ५५ अमेरिकी डलर दैनिक खर्च गरेको देखिन्छ भने् सन् २०१८ मा एकजना विदेशी पर्यटकले औसतमा दैनिक ४४ अमेरिकी डलर मात्रै खर्च गरेको देखिन्छ । यसरी हेर्दा धेरैलाई सुन्नेबित्तिकै तितो लागे तापनि नेपाल ‘वेस्ट टुरिस्ट’ (जताभाबी फोहर गर्ने वातावरण, संस्कार, संस्कृति धर्म ! नष्ट गर्ने) हरूका लागि स्वर्ग बन्दै जाने देखिन्छ ।

त्यसैले, आगामी वर्ष (सन् २०२०) नेपालले घोषणा गरेको नेपाल भ्रमण वर्षको अवसरमा नेपाल आउने विदेशी पर्यटकमा तीनै खाले उच्च आय भएका र मन फुकाएर जति पनि खर्च गर्न सक्ने, मध्यम खालका तौलेर खर्च गर्ने र, खत्तम खालका थैली कसीकसी खर्च गर्ने, सबैलाई लक्ष्य गर्नुपर्ने वाध्यता छँदैछ । किनभने, आखिर हामीलाई संख्याको पनि जरुरत छ नै । तर, पनि हामीले जति सक्दो उच्च आय भएका र मन फुकाएर जति पनि खर्च गर्न सक्ने विदेशी पर्यटकहरूलाई नै लक्षित गर्ने हो कि ? वेला छँदै सोचौँ है पर्यटन व्यवसायी कमरेडहरू ।

प्रतिक्रिया